ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आणविक निःशस्त्रीकरण र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति नेपालको चाहना


admin

काठमाडौं,८ पुस । सरकारले कोरियाली प्रायद्वीपमा भइरहेको शान्ति स्थापनाको प्रयास तथा आणविक निःशस्त्रीकरणको प्रयत्नबारे गहन छलफल गरेको स्पष्ट गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको गत साता सम्पन्न अमेरिकाको औपचारिक भ्रमणका बेला त्यहाँका विदेशमन्त्री माइकल रिचार्ड पोम्पेओसँग द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय महत्व र चासोका विविध विषयमा विचारविमर्श भएको बताएको छ ।

उत्तरकोरियामात्र होइन समग्र कोरियाली प्रायद्वीपमा स्थायी शान्ति हुुनुपर्ने नेपालको अडान र राष्ट्रसङ्घीय प्रस्तावअनुरुप आणविक निःशस्त्रीकरणको पक्षमा नेपाल रहेको बताउँदै मन्त्री ज्ञवालीले पत्रकारमाझ भन्नुभयो-नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेशमन्त्री पोम्पेओसँग छलफल भएको हो ।”

नेपालमा चिनियाँ प्रभाव घटाउने र अमेरिकी प्रभुत्वलाईं बढावा दिने आशयका भ्रामक समाचारको खण्डन गर्दै मन्त्री ज्ञवालीले एशिया–प्रशान्त सुरक्षा रणनीतिमा नेपाल नलागेको प्रष्ट पार्नुभयो ।

अमेरिकाका एशिया–प्रशान्त मामिलासम्बन्धी सहायक रक्षा मन्त्री ¥यान्डल स्क्रिभरसँगको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहयोग तथा सहकार्यका साथै संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा नेपालको योगदानका बारेमा छलफल भएको जानकारी दिनुभयो ।

पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालीम केन्द्रको क्षमता अभिवृद्धिमा अमेरिकाले गर्नसक्ने सहयोग तथा केन्द्रलाई विश्वस्तरीय प्रशिक्षण प्रतिष्ठानमा रुपान्तरण गर्ने नेपाल सरकारको चाहना पूरा गर्न सघाउने आश्वासन पनि दिएको उहाँले बताउनुभयो ।

झण्डै दुई दशकको अन्तरालमा परराष्ट्रमन्त्रीस्तरमा भएको नेपाल–अमेरिका वार्ता सफल भएको निष्कर्ष सुनाउँदै मन्त्री ज्ञवालीले भ्रमणका क्रममा नेपाल¬–अमेरिका सम्बन्धसँग महत्व राख्ने अन्य अमेरिकी निकायका उच्च पदाधिकारीहरुसँग समेत भेटवार्ता गरेर पछिल्लो राजनीतिक विकासक्रम, नेपालको शान्तिप्रक्रिया, वर्तमान सरकारका विकासका प्राथमिकताबारे अवगत गराएको बताउनुभयो ।

नेपालमा अमेरिकी लगानीका लागि सहजीकरण गर्न आफूले गरेको, आगामी मार्चको अन्तिम सातामा नेपालमा आयोजना हुन लागेको लगानी सम्मेलन, व्यापारको क्षेत्रमा अमेरिकाले नेपाललाई प्रदान गरेको सहुलियत, भन्साररहित तथा सीमारहित सहुलियत प्राप्त वस्तुमा नेपालको तुलनात्मक लाभ रहेका पुरुष र महिलाका पोशाकलाई समावेश गरिदिन अनुरोध गरेको जानकारी मन्त्री ज्ञवालीले दिनुभयो ।

नेपाल–अमेरिका राजनीतिक परामर्श बैठक पनि मन्त्री ज्ञवालीले भ्रमणका क्रममा भएको छ । परराष्ट्र सचिव शङ्करदास वैरागी नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको उक्त परामर्श बैठकमा नेपाल सरकारका विकास प्राथमिकताहरु, द्विपक्षीय समझदारीहरुको कार्यान्वयन, मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्टको प्रगति, विकास सहायता, व्यापार तथा लगानीबारे गहन छलफल भएको थियो ।

द्विपक्षीय विकास सहायताका विविध पक्षहरुमा छलफल गर्नुका साथै आगामी दिनमा विकास सहायतामा थप सहकार्य तथा सहयोगको सम्भावनाका बारेमा विचार आदानप्रदान भएको थियो ।

नेपाल र अमेरिकाबीच गतवर्ष हस्ताक्षर भएको सम्झौता बमोजिमको ५०० मिलियन अमेरिकी डलरको सहायता रहेको मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्टअन्तर्गतका परियोजनाहरुलाई शीघ्र कार्यन्वयन गर्नेमा दुवै देश सहमत भएका छन् । उक्त कम्प्याक्टअन्तर्गत नेपालको ऊर्जा तथा सडकको क्षेत्रमा महत्वपूर्ण परियोजनाहरु सञ्चालन हुनेछन् ।

संयुक्त अधिराज्यपछि अमेरिकासँग कूटनीतिक सम्बन्ध स्थापना गरेर बाह्य विश्वमा परिचय कामय गरेको नेपालले आफ्नो राजनीतिक उपलब्धि तथा विकासका प्राथमिकता, परराष्ट्र नीतिका प्राथमिकता तथा नेपाल–अमेरिका सम्बन्धका विविध आयामबारे औपचारिक रुपमा सम्बद्ध उच्च अधिकारीलाई जानकारी गराएर देशको वास्तविकता बुझाउन मद्दत पुग्नुले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन सहयोग पुगेको मान्न सकिन्छ ।

अमेरिकाजस्तो नेपालको पुरानो तथा महत्वपूर्ण साझेदार राष्ट्रको नेपालतिको चासो र महत्वमा बढोत्तरी हुनका साथै भविष्यमा आपसी सहयोग र सहकार्यमा अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

मन्त्री ज्ञवालीको यो भ्रमणमा नेपालको विकासका नयाँ परियोजनामा अमेरिकासँग कुनै सम्झौता नभए पनि एकअर्कालाई बुझ्न तथा विकासका आवश्यकता र प्राथमिकताबारे पारस्परिक छलफलका निम्ति लाभप्रद रहेको भ्रमण दलमा संलग्न अर्थ र गृह मन्त्रालयका अधिकारीहरूले पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com