ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई


admin
पुस ८, २०७५ आईतबार  ४ : ४७ बजे

विराटनगर, ८ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुलाउने भएकाले यसबाट राष्ट्रलाई फाइदा पुग्ने बताउनुभएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा आज यहाँ आयोजित राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी प्रस्तुतीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले आम नागरिकले खोजेको सुशासन र शान्ति दिन परिचयपत्रले सकारलाई टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।

विकास र समृद्धिमा प्रत्यक्ष पहुँच बढाउन राष्ट्रिय परिचयपत्रले मद्दत गर्ने प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राईले मुलुकमा अपराध र भ्रष्टाचारमुक्त गर्न परिचयपत्रले थप बल प्रदान गर्ने बताउनुभयो । प्रविधिको उच्चतम प्रयोग र डिजिटल नेपाल बनाउन यो कार्यले अझ मद्दत हुने विश्वास व्यक्त गर्दै उहाँले यो अभियानमा जुटेका निकायले समयमै आफ्ना काम पूरा गर्न निर्देशन पनि दिनुभयो ।

प्रदेश नं १ का मुख्यसचिव केदार न्यौपानेले सरकारले लिएको लक्ष्य पूरा गर्न परिचयपत्र वितरणमा खटिने कर्मचारीले अहोरात्र काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दीपक काफ्ले र मोरङका प्रजिअ रमेशकुमार केसीले यस किसिमको प्रणालीबाट दोहोरो सेवा लिने र अपराध गर्ने मनोवृत्तिका मानिसलाई कठिनाइ हुने धारणा राख्नुभयो ।

नेपाल सरकारले आव २०६६-६७ मा राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यअनुरुप आव २०७४-७५ मा पूर्वी नेपालको पाँचथरमा एक लाख १० नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ ।

चालू आवमा प्रदेश नं १ अन्तर्गत झापामा चार लाख ८९ हजार १३४ र सङ्खुवासभा जिल्लामा ९५ हजार ५४७ जनालाई सो परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ ।

राष्ट्रिय परिचयपत्रको व्यवस्थापनबाट सूचना प्रणालीमा सहज हुने, गुणस्तरीय सार्वजनिक सेवा प्रदान गर्न सकिने, सेवामा पारदर्शी हुने, सबै प्रकारका सेवामा नागरिकको पहुँच पुग्ने र राष्ट्रिय तथ्याङ्कको अध्यावधिक हुनेजस्ता फाइदा राज्यलाई पुग्ने महानिर्देशक काफ्ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अध्यादेश : राजनीतिक नियुक्तिको सफाया- के यो साँच्चै सुधार वा सत्ता स्वार्थको नयाँ खेल ?

टहरो गुमाउँदा लुगा फेर्न र जुत्ता लगाउनसमेत नपाएको गुनासो

रुपन्देहीमा बस दुर्घटना, दुई जनाको मृत्यु

अध्यादेश फिर्ता लिन बारको माग, भन्यो- संविधानवाद प्रतिकूल कार्य

सार्वजनिक जग्गामा बनेका घरटहरा तत्काल खाली गर्न प्रशासनको उर्दी, वैशाख १८ गते डोजर चल्ने

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com