
काठमाडौं, ७ पुस। राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका सम्राट आकिहितोको जन्मोत्वसका अवसरमा आज एक शुभकामना सन्देश पठाउँदै उहाँको सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्नुभएको छ ।
सन्देशमा राष्ट्रपति भण्डारीले जापानी जनताको निरन्तर प्रगति र उन्नतिको कामना गर्दै नेपाल र जापानबीचको शताब्दीऔँ देखिको सम्बन्ध आगामी दिनमा अझ बढी सवल र सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्