
काठमाडौं, ७ पुस । सभामुख कृष्णबहादुर महराले दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको बस दुर्घटनाप्रति आफू निकै मर्माहत भएको बताउनुभएको छ ।
आज शोक वक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्नु भएको छ । दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सभामुख महराले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न अपील गर्नुभएको छ ।
सभामुख महराले सवारी दुर्घटना न्यूनीकरण र नियन्त्रणका लागि सडकको समय–समयमा मर्मत सम्भार, सवारी साधनको अवस्थाको नियमित चेकजाँच र चालकलाई सम्भावित दुर्घटनाबाट कसरी बच्ने÷बचाउनेजस्ता प्रशिक्षणको व्यवस्था गर्नेतर्फ सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराउनुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्