ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुर नमूनायोग्य जिल्ला : रक्षामन्त्री पोखरेल


admin
पुस ७, २०७५ शनिबार  २ : ४२ बजे

भक्तपुर, ७ पुस ।  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समाज विकास र सामाजिक कार्यमा सबै दल एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभएको छ । भक्तपुरको अरनिको राजमार्ग सफाइ अभियानको दोस्रो चरणको समापन एवं हनुमन्ते नदी सफाइ सामाजिक सेवा उद्घाटन कार्यक्रममा उहाँले सामाजिक कार्यमा कसैले पनि राजनीति गर्न हुँदैन भन्नुभयो ।

उहाँले भन्नुभयो,“भक्तपुरमा सञ्चालन भइरहेको हनुमन्ते नदी र अरनिको राजमार्ग सफाइ अभियान देशकै नमूना अभियान भएको छ, यो अभियानले समाजलाई एकताबद्ध बनाएर लैजानुको साथै जनतालाई उत्प्रेरणा दिइरहेको छ, अब भक्तपुर नमूनायोग्य जिल्ला बन्ने छ ।”

भक्तपुरको दुबै अभियानले निरन्तरता पाउनुपर्नेमा जोड दिँदै उहाँले यो अभियानमा नेकपा र नेपाली काँग्रेससँगैसँगै लागेर उदाहरणीय कार्य गरेको भनाइ राख्नुभयो ।

राजनीतिमा प्रतिस्पर्धा गरेपनि जनताको समृद्धिमा सबै दल मिलेर जानुको विकल्प नरहेको औल्याउँदै उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारा एउटा पार्टीको नारा नभई सबै नेपालीको नारा हो, यो नारालाई व्यवहारबाटै सफल पार्नु भनेको देशलाई समृद्धिको खुट्किला चढाउनु हो ।”

उहाँले सार्वजनिक जग्गा, सडक, नदी, सम्पदा अतिक्रमण गर्नु सामाजिक अपराध भएको बताउँदै कुनै पनि पार्टीको झण्डा, सोर्सफोर्स, नेता वा कुनै पनि ओदोहामा भएको आडमा यस्तो अपराध हुन नहुने भनाइ राख्नुभयो ।
कार्यक्रममा उहाँले भक्तपुरमा आइपर्ने कुनै विपदका लागि आवश्यक पर्ने विपद् व्यवस्थापनका रु २० लाख बराबरको बञ्चरो, साबेल, हेम्बर, पानी बोट, पिक, पञ्जा, स्टेचरलगायतका सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले अरनिको राजमार्गको तेस्रो चरणको अभियान शुरु हुने बताउनुभयो । उहाँले हरेक बुधबार अरनिको राजमार्ग र हरेक शनिबार हनुमन्ते नदीको सफाइलाई निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सांसद डा राजेन्द्रमान श्रेष्ठ, शशीजङ्ग थापा, रजनी जोन्छे, सूर्यविनायक नपाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नपाका प्रमुख मदनसुन्दर श्रेष्ठ, चागुनारायण नपाका प्रमुख सोम मिश्र, नेकपाका केन्द्रीय सदस्य दिलीप प्रजापति, नेकपाका भक्तपुर अध्यक्ष वचन देउजा, नेपाली काङ्ग्रेस भक्तपुर सभापति दुर्लभ थापालगायतले सफाइ अभियान प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बराहक्षेत्रलाई बाली–मालदिभ्स बनाउँछौं !’ इटहरी सभामा बालेनको घोषणा

चिया इलाम–दमकको, तरकारी बोर्डर पारीको !’ इटहरीमा बालेनको व्यंग्यात्मक प्रश्न, रविको गगनलाई कटाक्ष : ‘२० वर्षपछि बल्ल ज्ञान आयो !’

रवि दमक पुग्दा बालेन ‘गयल’ : आफ्नै क्षेत्रमा सभापति आउँदा इटहरी छिरे वरिष्ठ नेता !’

जेनजीको विद्रोह: : कांग्रेसले अँगाल्यो, एमालेले षड्यन्त्र ठहर्‍यायो !’

निर्वाचनपछि सरकारमा नेकपाको भूमिका महत्वपूर्ण हुनेवाला छ : प्रचण्ड

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com