
दाङ,६ पुस । तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा बस दुर्घटना भएको छ । दुर्घटनामा ९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको छ ।
घटनास्थलमा १ जना महिला, ८ जना पुरुषको लास फेला परेको छ ।मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
कृष्णसेन इच्छुक प्राविधिक शिक्षालय घोराहीको बा ४ ख ९७६६ नम्बरको बस सल्यानको कपुरकोट स्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा बेलुका करिब ५ बजे दुर्घटना भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार अहिले प्रहरी घटना स्थलमा पुगेको र उद्धारको काम जारी रहेको छ ।



















प्रतिक्रिया दिनुहोस्