
काठमाडौं,५ पुस । खानेपानीमन्त्री विना मगरले इटालीयन ठेकदार कम्पनीले एकतर्फी ठेक्का तोड्दा सरकारलाई कुनै घाटा नलाग्ने बताएकी छन् ।
बिहीबार संसदको अर्थ समितिको बैठकमा मन्त्री मगरले ठेकदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उनीहरुले काम छाडे पनि नेपाललाई घाटा नलाग्ने बताएकी हुन ।
‘नेपाल इन्भेस्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको २ अर्ब ५४ करोड रुपैयाँ रोक्का गरिसकेको मन्त्री मगरले बताइन् । उनले भनिन् सीएमसीले छाडेर गए पनि हामीलाई घाटा लाग्दैन’ ‘१५ करोडको विल फर्छयोट बाँकी छ र ३५ करोड दिन बाँकी छ ।’
तीब्र गतिमा काम भइरहेका बेला ठेकदार कम्पनी सीएमसीले काम छाडेर भागेको शैलीमा हिँड्दा सरकार चकित परेको मन्त्री मगरले बताइन् । अहिले पनि ठेकदारसँग वार्ता भइरहेको उनले बताएकी छन्।



















प्रतिक्रिया दिनुहोस्