
काठमाडौं,४ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले उपभोक्तालाई मारमा पार्ने काम नगर्न चिनी उद्योगीहरुलाई सचेत गराउनु भएको छ ।
राज्यबाट सेवा, सुविधा र अनुदान लिने अनि उपभोक्तालाई मार मार्ने काम चिनी उद्योगीहरुले गरिरहेको अर्थमन्त्री खतिवडाको गम्भिर आरोप छ ।
बुधबार प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको बैठकमा बोल्दै उहाँले उखु कृषकलाई प्रोत्साहित नगरे चिनीको उत्पादन कसरी बढाउन सकिन्छ ? भनि चिनी उद्योगीहरुलाई प्रश्न पनि गर्नु भयो ।
चिनी उद्योगीहरुले उखु कृषकहरुको वक्यौता रकम अझै नदिएको पनि पनि अर्थमन्त्री खतिवडाको आपत्ति छ ।
अर्थमन्त्री खतिवडाले स्वदेशी कृषि उद्योगको प्रोत्साहनका लागि सरकारले चिनी आयातमा प्रतिबन्ध गराउनु परेको पनि स्मरण गराउनु भयो । उहाँले कृषिजन्य उत्पादनमा अनुदान सहायता बढाउन सरकारले केही बस्तुमा करको दर बढाउनु परेको पनि स्पष्ट पार्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्