ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्य नीति ल्याउने तयारी भइरहेको छ : राज्यमन्त्री यादव


admin
मंसिर २८, २०७५ शुक्रबार  ७ : २८ बजे

काठमाडौं ,२८ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादवले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरी स्वास्थ्य नीति २०७५ ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।

स्वास्थ्यकर्मी फोरम नेपाल प्रदेश नं ३ को आज काठमाडौँमा भएको पहिलो अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले पहिलोपटक स्वास्थ्य नीति ल्याउन लागिएको जानकारी दिनुभयो । उहाँले व्यवस्थित अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने कुरालाई अब ल्याउन लागिएको नीतिले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

छात्रवृत्ति प्राप्त स्वास्थ्यका विद्यार्थीमध्ये ९० प्रतिशत विदेशीने गरेको प्रसङ्ग जोड्दै राज्यमन्त्री यादवले यसलाई रोक्नका लागि नीति महत्वपूर्ण भएको बताउनुभयो । “नीतिका विषयमा अहिले विभिन्न निकायसँग छलफल भइरहेको छ,” उहाँले भन्नुभयो । उहाँले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेको उल्लेख गर्दै मन्त्रालयले समाधानको प्रयास जारी राखेको बताउनुभयो ।

कार्यक्रममा मधेशी स्वास्थ्यकर्मी फोरमका केन्द्रीय अध्यक्ष बालकिशोरप्रसाद यादवले अहिले सरकारले ल्याएको समायोजन विधेक स्वास्थ्य क्षेत्रका कर्मचारीको हितमा नरहेकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रशासन क्षेत्रका कर्मचारीले पाएसरहको सुविधा स्वास्थ्यका कर्मचारीलाई पनि उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सङ्घीय समाजवादी फोरम नेपाल निकट सङ्गठन स्वास्थ्यकर्मी फोरम नेपालको पहिलो अधिवेशनले प्रदेश नं ३ मा नयाँ कार्यसमिति चयन गर्ने तदर्थ समितिका अध्यक्ष अरुणकुमार महतोले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा डा सीमा सिंह, रमेश राई, आशा सिंह, रामशुभक महतो, सञ्जय ठाकुर, डा राजेश चौधरी, सुरेन्द्रप्रसाद यादवलगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा लाक्पा शेर्पा, कुमार केसी, डा केके राई, शम्भुप्रसाद यादव, सचितानन्द जयसवाल, भूपेन्द्रकुमार बस्नेत, गणेश गुरुङलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

बराहक्षेत्रलाई बाली–मालदिभ्स बनाउँछौं !’ इटहरी सभामा बालेनको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com