
काठमाडौं,२७ मङसिर । २६ औ इन्टर स्कुल आइजीपीकप फुटबलको उपाधी सैनिक आवासीय महाविद्यालय भक्तपुरले उचालेको छ ।
सैनिक महाविद्यालय भक्तपुरले नेपाल प्रहरी विद्यालय सागालाई ४–२ गोलले हराउदै उपाधी उचालेको हो ।
विजयी सैनिक महाविद्यालयका खेलाडीहरुलाई बधाइ दिदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सैनिक र प्रहरी विद्यालयका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताउनुभयो ।

उहाले जीत्नेलाई नमातिन र पराजितहुने टीमलाई नआतिन शुझाउनुभयो । खनालले विद्यालयका विद्यार्थी किताबी किरो मात्रै नभइ अतिरिक्त क्रियाकलामा पनि अब्बल रहेको प्रमाण खेलकुदमा गरेको अनुशासनले प्रमाणीत गरेको बताउनुभयो ।
खनालले विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरुलाई आगामी दिनका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्न र आफ्नो अनुशासन भुल्न नहुने बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्