
दाङ,२७ मङसिर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले दाङलाई सुरक्षित जिल्लाको लागि पहिचान बनाउन सुरक्षा निकायलाई आह्वान गरेका छन ।
तुलसीपुर उपमहानगरपालिकाले प्रदेश ५ प्रहरी कार्यालयको भवन निर्माण गरेर हस्तान्तरण गर्दै दाङको पहिचान शान्ति सुरक्षाका लागि सुरक्षित जिल्ला भन्ने आम नागरिकलाई महसुस गराउनु पर्ने बताएका छन । बिगतका केही ठुला घटनाको प्रभाव दाङमा परेको बताए ।

त्यसकारणले पनि अब दाङ सुरक्षित जिल्ला हो भन्ने महसुस गराउनुपर्ने मेयर पाण्डेको भनाई थियो । पोखरा सौन्र्दय,जनकपुर धार्मिक,बिरगञ्ज व्यवसायीक र केही आपराधिक, कपिलबस्तु शान्ति भूमिको पहिचान छ ।
,उनले भने ,दाङलाई शान्ति सुरक्षाको पहिचानको रुपमा विकास गर्नुपर्छ । त्यसपछि मात्र संवृद्धिले गति लिन्छ । प्रदेश ५ को स्थायी राजधानी दाङमा बनाउनका लागि राजनीतिक तवरबाट पहल र नागरिक दवाव भईरहेको उनले बताए।
तर प्रहरीको राजधानी भने दाङमा हुन पहल गर्नुपर्छ,उनले भने । त्यसैगरी प्रदेश ५ का प्रहरी प्रमुख, प्रहरी नायव महानिरिक्षक पिताम्वर अधिकारीले शान्ति सुरक्षालाई ब्यबस्थीत बनाउने सन्र्दभमा शान्ति सुरक्षामा खटिने र जिम्मेवारी पाएका सबै तह र निकाय बिच समन्वय र सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।
उनले प्रदेश ५ का १२ जिल्लामा ५०९ वटा प्रहरी ईकाइ र करिव ५० लाख जनसंख्याका लागि १० हजार प्रहरी खटिएको बताए । साथै उनले यस जिल्लामा भएका केही पुराना घटनाहरु अनुसन्धान प्रक्रियामै रहेकोले ढिला भएपनि अनुसन्धान टुङगोमा पुग्ने प्रतिबद्धता गरेका छन ।
यस अघि भाडा घरमा बस्दै आएको प्रदेश प्रहरी कार्यालय अब देखि आफ्नै भवनमा पाएको छ । उपमहानगरपालिकाको ३१ लाख र प्रहरीको २ लाख श्रमदान गरी ३३ लाखमा निर्माण भएको भवनको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।



















प्रतिक्रिया दिनुहोस्