
काठमाडौं,२७ मङसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता टोपबहादुर रायमाझीले सोमबार बस्ने पार्टी स्थायी समिति बैठकमा सरकारको काम कार्वाहीको गम्भिर समिक्षा हुने बताउनु भएको छ ।
पार्टी स्थायी समितिका सदस्य समेत रहनु भएका नेता रायमाझीले जनताको अपेक्षा अनुसार सरकारको काम कार्वाहीलाई प्रभावकारी बनाउन स्थायी समिति बैठक सफल हुने विश्वास पनि व्यक्त गर्नु भयो ।
बिहिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकारले आफ्नो कमीकमजोरीलाई हटाउँदै लैजाने दावी समेत गर्नु भयो ।
नेता रायमाझीले स्थायी समिति बैठकले पार्टीको जनवर्गीय संगठनको एकीकरणको कामलाई पनि टुंगो लगाउने जानकारी दिनु भयो । नेता रायमाझीले राज्यले सबै धर्मलाई सम्मान गर्नुपर्ने धारणा पनि राख्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्