ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष तिमिल्सिनाद्वारा कास्की कारागारको अवलोकन


admin
मंसिर २२, २०७५ शनिबार  ६ : ५६ बजे


पोखरा, २२ मङसिर । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कास्की जिल्ला कारागारको अवलोकन गर्नुभएको छ ।

पञ्चायतविरुद्धको भूमिगत आन्दोलनका क्रममा सोही कारागारमा करिब एकवर्ष बिताउनुभएका अध्यक्ष तिमिल्सिनाले शनिबार त्यहाँ पुगेर थुनुवा तथा कैदी बन्दीको अवस्था बुझ्नुभएको हो ।

पञ्चायतविरुद्धको संघर्षको समयमा विसं २०४२ देखि २०४६ सालसम्म विभिन्न स्थानमा गरी अध्यक्ष तिमिल्सिना चारवर्ष थुनामा पर्नुभएको थियो । कास्की कारगारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष तिमिल्सना केही समय संगै बस्नुभएको थियो ।

सो क्रममा उहाँले कैदी बन्दीको अवस्था, उनीहरुको सुविधा, सुत्ने स्थान, शौचालय, पुस्तकालय, खाना खाने मेसलगायत अवलोकन गर्नुभएको थियो । उहाँसँगको भेटका क्रममा कैदी बन्दीका नाइकेले कास्की कारागारअन्तर्गत महिला ब्लक, पुरुषको पुरानो र नयाँ ब्लकको अवस्था र समस्याबारे जानकारी गराएका थिए ।

अध्यक्ष तिमिल्सिनाले जेल जीवनका क्रममा आफू र प्रधानमन्त्री ओली बसेको कोठासमेत हेर्नुभएको थियो । अवलोकनपछि उहाँले जेलको अवस्था पहिलेभन्दा धेरै सुधार भएपनि सरकारले पछिल्लो समय भनेजस्तो सुधारगृह बन्न नसकेको टिप्पणी गर्नुभयो ।

‘जेल हामी बसेको समयभन्दा सफा र व्यवस्थित भएको रहेछ,’ उहाँले भन्नुभयो, ‘तर, सरकारले भनेजस्तो सुधारगृह बनाउनका लागि खाना, बस्न, स्वास्थ्य उपचारसँगै सीप तथा ज्ञानका लागि आवश्यक पूर्वाधार र अवसर जरुरी हुन्छ । त्यो अलि पर्याप्त देखिएन ।’

कास्की कारागारमा ५३ महिला र ७ सय ५ जना पुरुष गरी ७ हजार ५८ थुनुवा तथा कैदीबन्दी रहेको कारागारका निमित्त जेलर विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

गाडीको साँचो, लाइसेन्स वा ब्लुबुक नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौँमा, प्रधानमन्त्री शाहले नभेट्ने

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी र सार्वजनिक खरिद अध्यादेश जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

रोल्पा दुर्घटना अपडेटः मृतकको संख्या २० पुग्यो, उद्धार जारी

अध्यादेश फिर्ता गर्न माग ः एमाले नेता , सुमित्रा , कांग्रेस नेता, दामोदर , रास्वपा नेता , पाण्डे । भिडियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com