ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ABC EXIT POLL : प्रदेश नम्बर २ मा कांग्रेसले ३९, राजपाले २६ र एमालेले २२ स्थानीय तह जित्ने


admin
आश्विन २, २०७४ सोमबार   ६ : २३   बजे

काठमाडौं, २ असोज । एबीसी न्यूजले तेस्रो चरणको स्थानीय तह निर्वाचको एक्जीट पोल सार्वजनिक गरेको छ ।
एबीसी न्यूजले तयार पारेको एक्जीट पोल अनुसार दुई नम्बर प्रदेशको निर्वाचनमा ३९ स्थानीय तहमा जित हासिल गर्दै नेपाली कांग्रेस पहिलो पार्टी बन्ने छ । त्यस्तै, २६ स्थाीय तहमा जित हासिल गर्दै राष्ट्रिय जनता पार्टी नेपाल दोस्रो र २२ स्थानमा जित हासिल गर्दै नेकपा एमाले तेस्रो पार्टी बन्नेछ । एक्जीट पोल अनुसार नेकपा माओवादी केन्द्र १७ स्थानीय तहमा जित हासिल गर्दै चौथो पार्टी बन्ने छ भने मधेस पृष्टभूमी भएको संघीय समाजवादी फोरम नेपाल १५ स्थानीय तहमा जीत हासिल गर्दै पाँचौ पार्टी बन्ने छ ।

विजकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले तीन स्थानीय तहमा जित्ने प्रक्षेपण गरिएको छ । तर, राप्रपा लगायतका राजनीतिक दल पनि दुई नम्बर प्रदेशको निर्वाचनमा प्रतिस्पर्धी मानिए पनि ती दलले जित्ने निश्चित भएको कुनै पनि स्थानीय तह नरहेको एक्जीट पोलले बताएको छ । एक्जीट पोल अनुसार १३ स्थानीय तहमा तीब्र प्रतिस्पर्धा हुने र चार स्थानीय तहमा स्वतन्त्र वा अन्य उम्मेदवारले जित्ने छन् । १३ स्थानीय तहमा हुने तीब्र प्रतिस्पर्धाले एक्जीट पोल मार्फत किटान गरिएको संख्यामा केही अंक तलमाथी हुनसक्ने सम्भावना रहेको छ ।

एबीसी न्यूजले तयार पारेको एक्जीट पोल अनुसार दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा नेपाली कांग्रेसले जित हासिल गर्ने छ । त्यस्तै, तीन उपमहानगर मध्ये कलैया र जीतपुर–सिमरा उपमहानगरपालिकामा एमाले बिजयी हुने छ भने जनकपुर उपमहानगरपालिकामा कांग्रेस र राजपाबीच तीब्र प्रतिस्पर्धा हुनेछ ।

एक्जीट पोल आफैमा चुनौतीपूर्ण काम मानिन्छ । तर, एबीसी न्यूजले अघिल्लो दुई चरणको निर्वाचनमा समेत एक्जीट पोलको अभ्यास गरिसकेको छ । अघिल्लो दुई निर्वाचनमा एबीसीको एक्जीट पोल ९९ प्रतिशत मिलेको थियो । यस पटकको एक्जीट पोलको आधार पनि बलियो रहेको धेरै फरक नहुने एबीसी मिडिया ग्रुफका अध्यक्ष तथा समाचार प्रमुख शुभशंकर कंडेलले जानकारी दिनु भयो ।

एबीसी एक्जीट पोल सार्वजनिक कार्यक्रममा एबीसी मिडिया ग्रुफका अध्यक्ष तथा समाचार प्रमुख शुभशंकर कंडेल, नागरिक दैनिकको प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार गुणाराज लुइटेल, पत्रकार डा. राजेश अहिराज र राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी सहभागी थिए ।

एक्जीट पोल र निर्वाचन सम्बन्धी थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

माइतीघरमा सुकुमबासीको आक्रोश: “होइ सरकार होइ, मेरो भोट खोइ?” (फोटोफिचर)

राज्यका प्रमुख अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन

बजेट: अंकगणित कि विश्वासको दस्तावेज ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group