ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यातायातको जस्तै सबै क्षेत्रको आलोपालो प्रणाली सिण्डिकेट अन्त्य गरिने:गृहमन्त्री थापा


admin
मंसिर २२, २०७५ शनिबार  ३ : १३ बजे

काठमाडौं,२२ मङसिर । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको जस्तै अरु क्षेत्रको पनि आलोपालो प्रणाली (सिण्डिकेट) चाँडै अन्त्य गरिने बताउनुभएको छ ।

नेपाल सार्वजनिक यातायात प्रालि समन्वय समितिको प्रथम केन्द्रीय भेलालाई आज यहाँ सम्बोधन गदै उहाँले आलोपालो प्रणालीले केहीलाई मात्र समृद्ध बनाउने भएकाले सबैलाई समृद्ध बनाउन चाँडै अन्य क्षेत्रको आलोपालो प्रणाली तोडिने जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, “व्यवसायीको समृद्धि र जनताको सुविधाका लागि आलोपालो प्रणालीको अन्त्य जरुरी रहेको थियो ।”

यातायात नै मुलुक निर्माणको एउटा आधार भएकाले त्यसलाई व्यवस्थित बनाइनेसमेत उहाँले जानकारी गराउनुभयो । उहाँले आलोपालो प्रणालीको अन्त्य गरिए पनि केही कानूनी जटिलताले व्यवस्थित बनाउन नसकिएकाले चाँडै कानूनी जटिलता हटाइ यातायातको विकास गरिने बताउनुभयो ।

गृहमन्त्री थापाले मुलुकको चाँडो विकास गर्न ऊर्जा र यातायातका माध्यमबाट सम्भव रहेको धारणा राख्नुभयो । “मुलुकमा समृद्ध मानिस र सुखी मानिस पनि नभएका होइनन् तर ती मानिस आलोपालो प्रणालीको कारण आफूमात्र समृद्ध र सुखी भएका छन्” उहाँले भन्नुभयो, “अब सबै नेपालीलाई समृद्ध र सुखी बनाउने अभियानमा सरकार लागेको छ ।”

चीनले ‘एक क्षेत्र एक मार्ग’ अभियानमार्फत यातायातको माध्यमबाट चमत्कारी विकास गर्न खाजेको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालले पनि चीनबाट सिकेर मुलुकको विकास गर्नसक्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा समितिका अध्यक्ष होमप्रकाश अधिकारीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आफूहरुले आलोपालो प्रणाली तोडेर निजी कम्पनीमा गएको बताउनुभयो । समितिमा ५१ वटा यातायात व्यवसायी कम्पनी आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com