ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरको फोहोरले सिर्सिया खोलाको मुहान थुनिँदै


admin
मंसिर २१, २०७५ शुक्रबार  १ : ५३ बजे

पर्सा, २१ मङ्सिर । वीरगञ्ज महानगरपालिकाले गरेको अव्यवस्थित फोहोर व्यवस्थापनको कारण सिर्सिया खोलाको मुहाननै थुनिने खतरा उत्पन्न भएको छ । नगरक्षेत्रबाट सङ्कलन गरिएका फोहरलाई खोलाको तीरमा व्यवस्थापन गर्दै आएका कारण वीरगञ्जको इनर्वास्थित शङ्कराचार्यद्वार नजिकै रहेको सिर्सिया खोलाको मुहान सागुरिँदै गएको छ ।

अव्यवस्थित फोहर व्यवस्थापनका कारण ८ मिटर चौडाइमा बग्ने खोलाको मुहान हाल तीन मिटर भन्दा कम भएको छ । चारलाख भन्दा बढी जनसङ्ख्या रहेको महानगरपालिकाबाट दैनिक १२० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । नगरक्षेत्रबाट सङ्कलन भएका फोहरलाई महानगरपालिकाका कर्मचारीले वीरगञ्जको इनर्वा, श्रीपुर, सिर्सिया, राधेमाई, नगवालगायतका स्थानमा अव्यवस्थित रुपमै व्यवस्थापन गर्दै आएका छन् ।

अव्यवस्थित फोहरका कारण नगरबासीले ठूलो समस्या खेप्नु परेको छ । जथाभावी फोहर थुपारिएका कारण नगरक्षेत्र दुर्गन्धित हुनुका साथै सिर्सिया खोला समेत प्रदूषित हुँदै गएको छ । अव्यवस्थित रुपमा भएको फोहर व्यवस्थापन र त्यसबाट उत्पन्न भएको समस्याबारे महानगरपालिकाका उपसचिव शिवप्रसाद लम्सालसँग बुभ्mदा उहाँले फोहर व्यवस्थापनमा कमजोरी भएको स्वीकार गर्नुभयो ।

उहाँले वीरगञ्जको नगवामा फोहर व्यवस्थापन केन्द्र निर्माणकार्य अन्तिमचरणमा पुगेकोे र सो परियोजना पूरा भएपछि एक डेढमहीनाभित्र हाल देखिएका समस्या समाधान हुने दाबी गर्नुभयो ।

नगर क्षेत्रबाट उत्सर्जन भएको फोहरलाई व्यवस्थापन गर्न निजी क्षेत्रलाई पिपिपी मोडेलमा ठेक्का दिने प्रक्रिया पूरा भएको र आउँदो १५ दिनभित्र निजी क्षेत्रसँग सम्झौताको काम पूरा भई व्यवस्थित फोहर सङ्कलन तथा विसर्जन हुने उपसचिव लम्सालले जानकारी दिनुभयो ।

सङकलन गरिएका फोहर सिर्सिया खोलामा विसर्जन गरी खोलालाई प्रदूषित बनाएको आरोप लगाउँदै अधिवक्ता सुरेन्द्रप्रसाद कुर्मीले पर्सा जिल्ला अदालतमा महानगरसहित नौ उद्योगमाथि मुद्दा नै दर्ता गराएका छन् ।

महानगर विरुद्ध आदालतमा मुद्दा दर्ता भएपछि पनि खोलाको तिरमै फोहर व्यवस्थापन गराइरहेकोे घटनाले प्राकृतिक स्रोतसाधन संरक्षणप्रति महानगरका कर्मचारी गम्भीर नभएको नगरवासीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com