ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा खबर गर्न साउदी अरब नेपाली दूतावासको आग्रह


admin
मंसिर २०, २०७५ बिहीबार  ८ : ३३ बजे

काठमाडौं,२० मङसिर । साउदी अरबको रियादस्थित नेपाली दूतावासले रोजगारीका क्रममा कुनै समस्या आइपरे दूतावासमा सम्पर्क गर्न सम्पूर्ण नेपाली श्रमिकलाई अनुरोध गरेको छ ।

रोजगारदाता कम्पनीले श्रमिकको तीन महीनासम्म काम नपाउने वा नवीकरण नगर्ने र पारिश्रमिक भुक्तानी नगरे त्यसबारे जानकारी गराउन दूतावासले आग्रह गरेको छ ।

करार अवधि सम्पन्न हुनुभन्दा कम्तीमा दुई महीनाअगावै कामदारले लिखित अनुरोध गर्दा पनि पुनःप्रवेश वा बर्हिगमन प्रवेशाज्ञा नदिएमा त्यससम्बन्धी जानकारी र अभिलेख दूतावासमा उपलब्ध गराउनसमेत आग्रह गरिएको छ ।

दूतावासले श्रमिकको समस्या समाधानका लागि साउदी अरबको कानूनबमोजिम कामदार र रोजगारदाताबीच सहमति गराउने तथा श्रम अदालतमा मुद्दा दायर गर्न सहजीकरण गर्ने कार्य गर्दै आएको छ । बर्हिगमन वा पुनःसाउदीमै काम गर्ने प्रवेशाज्ञाका लागि आवश्यक प्रक्रिया र विकल्पमा जाने विषयमा सुझाव र सहजीकरण गर्ने काम भइरहेको दूतावासले जनाएको छ ।

नेपाली कामदारमाथि पर्नसक्ने समस्याका बारेमा जानकारी दिन साउदीका विभिन्न स्थानमा नेपाली श्रमिकलाई भेला गराई अभिमुखीकरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको दूतावासको भनाइ छ ।

श्रमिकका साउदीबारे सम्पूर्ण जानकारी नहुँदा र अनावश्यक आश्वासनका आधारमा रोजगारीमा जाँदा समस्या सिर्जना हुने गरेको छ । दूतावासले नेपालबाट साउदी आउँदा अभिमुखीकरण तालीम लिइ, कम्पनीको अवस्था र रोजगारदातासँग भएको सम्झौतापत्रको अध्ययन गरेरमात्र रोजगारीमा आउन अनुरोध गरेको छ ।

दूतावासले नेपाली श्रमिकमाथि कुनै समस्या आइपरे रोजगारदाता कम्पनी, साउदी सरकारको आधिकारिक निकाय, श्रम कार्यालय, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय एवं आन्तरिक मामिला मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने गरेको छ ।

हाल साउदी अरबमा करीब तीन लाख ५० हजार नेपाली श्रमिक काम गरिरहेका छन् । ती श्रमिक विभिन्नस्तर र प्रकृतिको कम्पनीमा आउने गरेका छन् । हाल माग प्रमाणीकरण दूतावासको कार्यक्षेत्रमा अनिवार्य भएकाले पनि समस्याग्रस्त कम्पनी तथा इजाजतपत्रले समस्या समाधान नगरेसम्म दूतावासबाट दिने सेवा रोक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com