ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध बनाउन दातृ निकायको सहयोग आवश्यक : प्रशासनमन्त्री पण्डित


admin
मंसिर २०, २०७५ बिहीबार  ६ : ५१ बजे


काठमाडौं,२० मङसिर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मुलुकलाई समृद्ध बनाउनका लागि दातृ निकायको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

आज मन्त्रालयमा आयोजित प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजिएसपी)को राष्ट्रिय कार्यकारी समितिको ११औँ बैठकलाई सम्बोधन गर्दै उहाँले विगतमा दातृ निकालसँग साझेदारी गरेर मुलुकलाई अगाडि पु¥याएको र अब पनि मुलुकको विकासका लागि दातृ निकायको साझेदारी आवश्यक रहेको बताउनुभयो । मुलुकमा दातृ निकायलाई कुनै काम गर्न समस्या भए सरकारले त्यसको समाधान गरेर जाने मन्त्री पण्डितले बताउनुभयो ।

“कार्यक्रमले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको क्षमता विकासमा सहयोग पु¥याउँछ,” उहाँले भन्नुभयो, “समृद्धि नेपाल र सुखी नेपाली अभियानलाई सहयोग पु¥याउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छ ।” कार्यक्रमको लगानीअनुसार शतप्रतिशत प्रतिफल ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
बैठकमा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले कार्यक्रमले प्रदेश र स्थानीय तहमा चुस्त, दिगो, समावेशी र जनउत्तरदायी शासन प्रणाली स्थापना गर्न सहयोग पु¥याउने बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले कार्यक्रमले प्रदेश र स्थानीय तहको क्षमता अभिवृद्धि गरी नागरिक सेवा र विकास व्यवस्थापनलाई प्रभावकारी बनाउने बताउनुभयो । नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापेलरले कार्यक्रमले नेपालको सुशासन र सामुदायिक विकासमा उल्लेखनीय प्रगति हुने बताउनुभयो ।

नेपाल र दातृ निकाय नर्वे, युरोपेली सङ्घ, राष्ट्र सङ्घीय निकाय, बेलायती सहयोग नियोगलगायत संस्थाको सहयोगमा सरकारले सन् २०१९ जनवरीदेखि प्रदेश र स्थानीय तहमा पिएलजिएसपी कार्यक्रम सञ्चालन गर्न थालेको छ ।

सन् २०२३ जुलाई १५ सम्म सञ्चालन हुने सो कार्यक्रमका लागि रु १३ अर्ब बजेट विनियोजन गरिएको छ । सरकार, दातृ निकायको साझेदारीमा सन् २००८ देखि सन् २०१८ सम्म स्थानीय निकायमा स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रम सकिएपछि पुनः सरकारले दातृ निकायको साझेदारीमा पिएलजिएसपी कार्यक्रम सञ्चालन गर्न थालेको छ ।

नेपालको रु तीन अर्ब र विकास साझेदारी दातृ निकायको रु १० अर्ब सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुने भएको मन्त्रालयका उपसचिव रेशम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममा सङ्घका लागि रु एक अर्ब तीन करोड, सातवटै प्रदेशका लागि रु चार अर्ब एक करोड र स्थानीय तहका लागि रु सात अर्ब छ करोड र रु एक अर्ब ९० करोड प्राविधिक सहयोगका लागि छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com