
काठमाडौं,१२ मङसिर । संघीय संसदको हिउँदे अधिवेशन पुस पहिलो हप्ताबाट सुरु हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको हिउँदे अधिवेशन पुुस पहिलो साताबाट सूरु हुने जानकारी दिनु भएको हो ।
बुधबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले नेपाली काँग्रेसको महासमिति बैठक पनि परेकाले पुसको पहिलो हप्ता अघि संसदको हिउँदे अधिवेशन बोलाउन सकिने अवस्था नरहको पनि स्पष्ट पार्नु भयो ।
संसदको हिउँदे अधिवेशनमा संविधानसँग बाँझिएका सबै कानुन संशोधन गर्ने सरकारको तयारी छ ।
अध्यक्ष तिमिल्सिनाले संसदीय समितिहरुलाई ठोस कार्ययोजना बनाएर सरकारको काम, कार्वाहीको अनुगमन गर्ने काममा तीव्रता दिन पनि सचेत गराउनु भयो । उहाँले समितिको कामलाई प्रभावकारी बनाउन समयसीमा नै तोकेर अनुगमनको योजना तय गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्