
झापा,७ मङसिर । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहका जनप्रतिनिधिहरु अख्यितारको फन्दामा पर्ने बिषयमा चिन्ता व्यक्त गरेका छन् ।
जिल्ला समन्वय समिति झापाले भद्रपुरमा शुक्रवार आयोजना गरेको स्थानीय सरकारका उपल्बिध र चुनौती बिषयक एकदिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले इण्डोनेसियामा अहिले एक सय जना मेयर जेलमा छन्, अहिले नेपालको अवस्था हेर्दा यहाँका जनप्रतिनिधि पनि अख्यितारको फन्दा पर्न सक्छन् ।
त्यसैले आफै ठेकेदार भएर काम गर्ने त्यस्ता जनप्रतिनिधिहरुलाई बेलैमा सचेत हुन उहाँले आग्रह गर्नुभयो ।
सिंहदरवारको अधिकार गाउँ गाउँमा आएन भनि व्यापक चर्चा परिचर्चा भइरहेको बताउँदै मन्त्री पण्डितले भने, चन्द्रशमशेरले बनाइदिएको सिहदरवारको इँटा झिकेर गाउँ गाउँमा पठाएकै होइन, सिंहदरवार त्यही छ र हुन्छ ।
सरकारले पठाएको व्यवस्थापिका, न्यायिक, कार्यकारी र आर्थिक अधिकार पठाएको हो । कर्मचारी समायोजन अध्ययादेश मन्त्रीपरिषद बैठकबाट पारित भई लोक सेवा आयोग गएकोले छिट्टै जारी हुने बताउनुभयो ।
जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले झापाका स्थानीय तह र जिससको उपल्बधी र चुनौतीको बिषयमा प्रकाश पार्दे जिससको अधिकार खोसिएकोले अधिकार फर्काइदिन वा जिससलाई तालाबन्दी गरिदिन मन्त्री पण्डित समक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा झापाका स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



















प्रतिक्रिया दिनुहोस्