ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा ६३ प्रतिशत बालबालिका कुपोषित, आफन्त देवीदेवताको भरमा


admin

कालीकोट, २८ भदौ । कर्णाली अन्चलमा भयावहरुपमा देखिएको कुपोषणको उपचारमा स्थानीयबासी जान नमानेका कारण कुपोषणको अवस्था चर्कोरुपमा बढ्न थालेको छ ।

तत्कालिन चिल्खाया गाविस हाल तिलागुफा नगरपालिका–११ का गोगन विक छोराको उपचार गर्न जिल्ला अस्पताल कालीकोटमा जान नमान्दा स्वास्थ्यकर्मीलाई हम्मेहम्मे भएको छ । उनले आफ्नो छोरालाई देउताको खड्को लागेको र उपचार गर्नु नपर्ने भनेपछि स्वास्थ्यकर्मीलाई आपत आइलागेको बताइएको छ ।

गएको वर्ष जिल्लाको (साविकको सिपखाना गाविस), हाल रास्कोट नगरपालिका–१ निवासी सुशीला योगीको उच्च कुपोषणका कारण उपचार गर्दागर्दै मृत्यु भएको एक वर्ष नबित्दै सिपखाना–२ अर्थात रास्कोट नगरपालिका—१ निवासी तीनमहिने बालिका सम्झना रावतलाई समेत कुपोषणका कारण उपचारका लागि पठाइएको थियो ।

यसको ठीक एक वर्षअघि सुशीला योगीको कुपोषणले ज्यान गएको विषयमा देशैभरि चर्चा चलेको घटना नबित्दै जिल्लाको (साविक चिल्खाया गाविस) हालको तिलागुफा नगरपालिका–११ का गोगन विकका चार वर्षीय छोरा नरेन्द्र विकको तौल पाँच किलो २०० ग्राम रहेको छ भने एमयुसिए सात दशमलव आठ सेन्टिमिटरअर्थात् ७८ मिमि रहेको चिल्खाया स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी दुर्गप्रसाद आचार्यले बताउनुभएको छ ।

उहाँका अनुसार यसअघि उपचारमा नआएका गोगनले बच्चाको उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउँदा यहाँ उपचार नहुने भनी जिल्ला अस्पतालमा लैजान अनुरोध गरेपछि नमान्दा रु ५०० बाटो खर्च दिएर जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि पठाइएको बताइएको छ ।

अहेव आचार्यले गाविसमा थुप्रै बिरामी कुपोषणका भए पनि जटील समस्या गोगनका छोराको भएको बताउँदै चार वर्षसम्म उपचारमा नआएका र देउता लागेर बिरामी परेको भनेकाले उपचारका लागि आफूले घरमा गएर दुई घण्टाभन्दा बढी परामर्श दिएर पठाउनु परेको बताउनुभएको छ । जान नमान्दा जिल्ला प्रहरी कार्यालयमा खबर गरेर पनि पठाउने भनेपछि वल्लतल्ल उपचारमा गएको उहाँले बताउनुभएको छ ।

जिल्ला अस्पताल, कालीकोटका पोषण अधिकृत कटक महतका अनुसार अस्पतालमा आएमा बच्चाको उपचारको जिम्मा जिल्ला अस्पतालले नै लिने बताउनुभएको छ । उहाँले जुनसुकै हालतमा भएपनि बच्चालाई उपचारका लागि जिल्लामा पठाउन अनुरोध गरेको बताउनुभएको छ । कालीकोटमा यसअघि साविकको फुकोट हाल रास्कोट नगरपालिका–६ निवासी रने लुवारकी छोरी मनसरा लुवारको आँखाको नानी फुटेर क्यान्सर हुँदा आँखामा किरा परेको अवस्थामा काठमाडौँमा उपचार भएको थियो ।

कालीकोट जिल्लामा अहिले स्वास्थ्य तथा पोषणसम्बन्धी काम गर्दै आएका विभिन्न गैरसरकारी निकायले एक हजारभन्दा बढी अर्थात् ६३ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्याँक बाहिर आएको छ ।

सरकारी निकायको भन्दा विभिन्न गैससले पोषणसम्बन्धी वृद्धि अनुगमन, मातृशिशु तथा बाल्यकालीन पोषण, बहुक्षेत्रीय पोषण योजना, शिघ्र कुपोषण एकीकृत व्यवस्थापन कार्यक्रम, किशोरीलाई आइरन चक्की वितरण तथा सुनौला हजार दिन, कृषि तथा खाद्य सुरक्षा आयोजनाका साथै सर्वोत्तम पिठोलगायतका कार्यक्रम कर्णाली अञ्चलका पाँचवटै जिल्लामा सञ्चालन भएपनि कर्णालीमा एकपछि अर्काे कुपोषण हुने क्रम निरन्तर रहेको छ ।

कालीकोट जिल्ला एक हजार ५०० मेट्रिक टन खाद्यान्न अभाव रहेको जिल्लाका रुपमा चिनिँदै आएको छ । जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा शीघ्र कडा कुपोषित बालबालिकाको उपचार जारी राखेको र जिल्लाका १० वटा क्षेत्रमा बहिरंग सेवा विस्तार गरी उपचार गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय, कालीकोटले जनाएको छ ।

हाल कर्णालीका मुुगुमा ६१ प्रतिशत, डोल्पामा ११ प्रतिशत, जुम्लामा ९ प्रतिशत, हुम्लामा चार हजारमा एक हजार ३७९ जना अर्थात् ५८ प्रतिशत र सबैभन्दा बढी कालीकोटमा ६३ प्रतिशत बालबालिका कुपोषित रहेको बताइएको छ ।

कडा कुपोषणका लागि शीघ्र उपचार गर्न सरकारले गएको वर्ष कर्णाली अञ्चलका ५० भन्दा बढी ठाउँमा उपचारका लागि बहिरंग सेवा सञ्चालनमा ल्याएको थियो । कालीकोटमा यसअघि तीन बालबालिकाको कुपोषणबाट ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com