ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनमा केन्द्रित छ : अध्यक्ष प्रचण्ड


admin
कार्तिक ११, २०७५ आईतबार  ४ : ३० बजे

चितवन, ११ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वदेशी तथा विदेशी सबैको ध्यान चितवनको विकासमा केन्द्रित भएको बताउनुभएको छ ।

भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत भरतपुर महानगरपालिकामा चालू वर्षमा सञ्चालन हुने आयोजना घोषणा सभामा बोल्दै उहाँले भरतपुर नमूना महानगर र चितवन नमूना जिल्ला बनाउने बताउनुभयो ।

जिल्लामा रहेका ऐतिहासिक महत्व बोकेका स्थलहरु, विश्व सम्पदा सूचीमा रहेको निकुञ्ज, दुई ठूला राप्ती र नारायणी नदी, धार्मिक महत्व बोकेको देवघाटजस्ता स्थलले गर्दा चितवनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

विकास निर्माणका लागि यहाँका राजनीतिक दल र जनप्रतिनिधिको एकताले गर्दा जिल्लालाई नमूना बनाउन सकिने उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका क्षेत्रको विकासका लागि यसअघि शहरी विकास, सिँचाइ, खानेपानी मन्त्रीले विशेष चासो देखाएको भन्दै अध्यक्ष प्रचण्डले सबैको ध्यान खिच्न चितवन सफल भएको बताउनुभयो ।

आफूले हिजो प्रधानमन्त्रीलाई भेट गरेको प्रसंग उल्लेख गर्दै उहाँले भरतपुर महानगरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र सिटी हल निर्माणका लागि आफ्नो सहयोग रहने सन्देश पठाउनुभएको पनि बताउनुभयो । चितवन हुँदै रेलमार्ग, केरुङ ठोरी मार्गजस्ता पूर्वाधार यहाँ निर्माण हुन लागेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

सो अवसरमा पूर्वअर्थमन्त्री एवं नेकपाका महासचिव विष्णु पौडेलले भरतपुर महानगर देशकै नमूना महानगर बन्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो महानगरले काठमाडौँ महानगरलाई उछिन्न सक्छ ।

” आफ्नो छोटो मन्तव्यमा पौडेलले देशकै समृद्ध, विकसित र नमूना महानगर भरतपुरलाई बनाउन शुभकामना दिनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिल्लाका आफ्नो मन्त्रालयअन्तर्गतका चालू आवका योजनाहरु सार्वजनिक गर्नुभएको थियो ।

उहाँले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडक बनाइने, भरतपुर महानगरमा चक्रपथका लागि विस्तृत अध्ययन शुरु गरिने, हुलाकी राजमार्गको भरतपुरदेखि ठोरीसम्म पहिलो चरणमा काम शुरु गर्नेलगायत महत्वपूर्ण आयोजना घोषणा गर्नुभएको थियो । यसैगरी भरतपुर महानगर एवं जिल्लाका भित्री सडकहरुमा मन्त्रालयका योजनाहरुका बारेमा उहाँले जानकारी गराउनु भएको थियो ।

मन्त्री महासेठले जनतासँग गरेका प्रतिबद्धताअनुसार सरकार अघि बढेको बताउनुभयो । सरकारले सडकसँगै रेल र जलमार्गलाई प्राथमिकता दिएको पनि उहाँले बताउनुभयो । सो अवसरमा महानगरका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह, डिभिजन सडक कार्यालय चितवनका प्रमुख धर्मेन्द्र झालगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने

एक तानाशाहको पतन, खतरनाक अनिश्चितता सुरु : न्यूयोर्क टाइम्स

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

इरानको आक्रमणमा यूएईमा एक नेपालीसहित तीन जनाको मृत्यु

विश्व महाशक्तिको सम्पूर्ण प्रहारका बावजुद कसरी टिकिरहेको छ इरानी सत्ता ?

दलाल र विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा: प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com