ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजबाट टिकट बुकिङ खुल्यो, टिकट काट्नेको घुँईचो


admin

काठमाडौँ २७ भदौ । रातभरीको वर्षा, बिहानको चिसो मौसम, हजारौँ मानिसको लाम, हातमा पैसा बोक्दै काउण्टरमा धकेलाधकेल– यो काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कको दृश्य हो ।

नेपालीको महान् चार्ड बडादशैँ नजिकिएसँगै सरकारले आजदेखि लामो तथा मझौला दूरीको टिकट बुकिङ खुला गरेको छ । अग्रिम टिकट बुकिङको खबर केही दिन अगाडिदेखि नै सञ्चारमाध्यममा छाएपछि एकाबिहानै हजारौँ व्यक्ति नयाँ बसपार्कमा लामबद्ध देखिन्थे ।

आगामी असोज १० गते प्यूठानको मच्छी जान ग्वार्कोबाट टिकट लिन बिहान ४ बजे नयाँ बसपार्क आउनुभएका विकास केसीले ७ बजे टिकट पाउनुभयो । उहाँ खुशी देखिनुहुन्थ्यो । “बिहान ४ बजे पानी परिरहेको थियो, म साथीको मोटरसाइकलमा टिकट लिन आएको हुँ, वर्ष दिनपछि आएको दशैँमा त घर जानुप¥यो नि”, केसीले भन्नुभयो ।

विभागले यही भदौ २२ गतेदेखि टिकट बुकिङ खुला गर्ने निर्णय भए पनि यातायात व्यवसायीले विभिन्न समस्या देखाउँदै बुकिङ खुला रद्द गरेपछि आजदेखि खुला भएको हो ।

यस्तै एक वर्षको शिशु हातमा बोकेर लाममा बस्नुभएकी तारा देउवा कैलालीको लम्की जाने बसको टिकट लिने पर्खाइमा हुनुहुन्थ्यो । बिहान ७ बजे कपनबाट टिकट लिन आउनुभएकी उहाँले समयमा बुकिङ नखोल्दा आफूहरुलाई समस्या परेको बताउनुभयो । “गत वर्षमा त यति धेरै भीड भएको जस्तो लाग्दैन तर यस वर्ष ज्यादा भीड छ”, उहाँले भन्नुभयो । पूर्व तथा पश्चिम जानका लागि काठमाडौँ उपत्यकाका नयाँ बसपार्क, गौशाला, सुन्धारा, कोटेश्वरलगायत स्थानमा अग्रिम बुकिङ खुला गरिएको छ । सबैभन्दा धेरै यात्रु नयाँ बसपार्कबाट बाहिरिने गर्छन् ।

ल्होत्से बहुउद्देश्यीय प्रालिले ४५ वर्षका लागि जग्गा भाडामा लिएर नयाँ बसपार्क सञ्चालन गरेको छ । प्रालिका मानव संसाधन प्रमुख पंकज मल्ल लामो दूरीका लागि नयाँ बसपार्कबाट अरु समयमा दैनिक ३०० को हाराहारीमा बस बाहिर जाने गरे पनि दशैँका समयमा एक हजारको हाराहारीमा जाने गरेको बताउनुहुन्छ । उहाँले पूर्व जानेभन्दा पश्चिम जाने धेरै यात्रु टिकटका लागि बसपार्क आएको बताउनुभयो ।
लामो तथा मझौला दूरीको सवारी साधनको टिकट बुकिङ खुला गरिएसँगै नयाँ बसपार्क क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । चाडपर्वका समयमा चोरी, डकैती, ठगीलगायत घटना नहून् भन्ने उद्देश्यले महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विशेष सुरक्षा योजना अगाडि ल्याएको छ ।

पचपन्न जनाको दरबन्दी भएको उक्त प्रभागमा बसपार्क क्षेत्रको विशेष सुरक्षाका लागि थप जनशक्ति माग गरिएको प्रभागका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवार बताउनुहुन्छ ।
यस्तै यात्रुलाई सहज रुपमा गन्तव्यसम्म पु¥याउनका लागि यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवसायीलगायतले ‘यात्रु सहायता कक्ष’समेत सञ्चालन गरेका छन् । महाशाखाका प्रमुख सर्वेन्द्र खनाल यात्रु भाडाका विषयमा नठगियून् भन्ने उद्देश्यका साथ काठमाडौँ उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनुहुन्छ । उहाँले बढी भाडा लिइएमा तत्काल महाशाखामा खबर गर्न आग्रहसमेत गर्नुभयो ।

यात्रु सहायता कक्षमा विभागका कर्मचारी ट्राफिक प्रहरी र उपभोक्तावादी एक एक जना रहने व्यवस्था मिलाइएको छ । विभागका अनुसार प्रत्येक वर्ष २० देखि २१ लाख यात्रु दशैँ मान्नका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिन्छन् । विभागका प्रवक्ता डा टोकराज पाण्डेका अनुसार १५ देखि १६ लाख यात्रु सार्वजनिक यातायात र पाँच छ लाख निजी यातायातमा बाहिरिने बताउनुहुन्छ ।

“टिकट वितरणमा कुनै समस्या छैन, सहज रुपमा सौहार्दपूर्ण रुपमा वितरण भइरहेको छ”, प्रवक्ता डा पाण्डेले भन्नुभयो । यातायात व्यवसायी राष्ट्रिय महासंघले यस वर्ष गत वर्षको जस्तो नयाँ सवारी साधन थपेको छैन । महासंघका महासचिव सरोज सिटौला बैंकको महँगो ऋण र बाटो नराम्रो भएका कारण नयाँ बस नथपिएको बताउनुहुन्छ । उहाँले सवारी साधन नथपिए पनि यात्रुलाई सुरक्षित गन्तव्यसम्म पु¥याउन आफूहरु तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com