इलाम, १ असोज । विवाह गर्छु भनेर युवतीलाई भारततर्फ लैजादै गरेको अवस्थामा दुईजना युवा पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत दार्जिलिङ्ग जिल्लाको सुकिया बस्ने दलवीर मुखिया र दार्जिलिङ्गकै राङ्गबाङ्ग बस्ने आयुष विक रहेका छन् । पाँचथरको फिदिम नगरपालिका ५ की १९ वर्षीय युवतीसँगै ती दुई युवालाई इलामको पशुपतिनगर नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ४२ वर्षका मुखिया र २२ वर्षका विकलाई जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुलाई मानव बेचविखनसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।



















प्रतिक्रिया दिनुहोस्