
काठमाडौं,३० भाद्र । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणका सिलसलामा आज बेइजिङ प्रस्थान गर्दैछन् ।
दक्षिण छिमेकी भारत भ्रमणबाट फर्केको एक सातापछि उनको उत्तर छिमेकी चीन भ्रमण हुन लागेको हो ।
प्रचण्ड मध्याह्न १२ बजेर पाँच मिनेटमा बेइजिङ उड्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । प्रचण्डको बिदाइमा नेकपाका नेताहरु विमानस्थल जाने बताइएको छ ।
प्रचण्डसँगै पत्नी सीता, छोरी गंगा, प्रमुख स्वकीयसचिव जोखबहादुर महरा र एक चिकित्सिक पनि रहेका छन । प्रचण्ड असोज ३ गते स्वदेश फर्किने उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
प्रचण्डले आफ्नो भ्रमण दुई मुलुकबीच यसअघि भएका सहमति कार्यान्यवनको वातावरण बनाउनमा केन्द्रित हुने बताए। चीन बसाइमा उनले राष्ट्रपति सी जिफिङ, प्रधानमन्त्री ली खछ्याङ लगायत उच नेतृत्वसँग भेट्ने कार्यक्रम रहेको छ ।



















प्रतिक्रिया दिनुहोस्