
काठमाडौं,२८ भाद्र । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र निर्माण गर्ने ऐतिहासिक अवसरलाई सदुपयोग गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प पूरा गर्न सुशासन र तीव्र आर्थिक विकासमा जोड दिइएको पनि स्पष्ट पार्नु भयो । बिहिबार काठमाडौंमा लेखनाथ न्यौपानेद्धारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्तक बिमोचन गर्दै उहाँले आफ्नो पार्टी र सरकारका निम्ति मुलुकलाई समृद्ध बनाउने चुनौति रहेको पनि बताउनु भयो । उहाँले समाजमा विद्यमान चुनौतिलाई सामना गरेर भोलिको नेपाल निर्माण गर्ने अभियानमा जुटन पनि युवाहरुलाई आह्वान गर्नु भयो ।
अध्यक्ष दाहालले राजनीतिमा जति सन्तुष्टि अन्य क्षेत्रमा नभएको भन्दै त्यसमा समर्पित भएर लागि पर्न पनि पार्टीका युवा नेताहरुलाई आग्रह पनि गर्नु भयो ।



















प्रतिक्रिया दिनुहोस्