ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुटनीतिक राहदानी रोक्ने संयन्त्र खोज्दै सांसदहरू


bhawani desk
भाद्र २६, २०७५ मंगलबार   २ : ०३   बजे

काठमाडौं,२६ भाद्र । विदेश भ्रमणमा जाँदा सहजरूपमा कुटनीतिक राहदानी (रातो पासपोर्ट) पाउनुपर्ने सांसदहरूले माग गरेपछि यसको सम्भावित दुरुपयोग नियन्त्रण गर्ने संयन्त्रको खोजी हुन थालेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा राहदानीसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथिको छलफलमा उहाँहरूले त्यस्तो प्रबन्ध हुने गरी विधेयक संशोधनका लागि माग गर्नुभएको हो । जनताको मत लिएर जनताकै कामको सन्दर्भमा विदेश भ्रमणमा जानुपर्ने भएकाले सांसदको कूटनीतिक राहदानी हुँदा राष्ट्रकै इज्जत बढ्ने उहाँहरूको तर्क छ ।

सांसदलाई निर्वाचित भएपछि कार्यकालभरि स्वतः त्यस्तो राहदानी दिने वा कुनै निश्चित कार्यक्रमको कारण खुलाएर निवेदन दिएमा राहदानी दिई विदेशबाट फर्केपछि फिर्ता माग्ने भन्नेमा बहस छ । विगतमा राहदानी कसुरमा कतिपय सांसद पक्राउ परी कारबाही भएको सन्दर्भमा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मतान्तर देखिएको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यले आफू निर्वाचित प्रमाणपत्र वा सङ्घीय संसद्को सदस्यको परिचयपत्र पेश गरेमा राहदानी विभागले कुटनीतिक राहदानी जारी गर्न सक्ने गरी संशोधन गर्न अधिकांशको माग छ । विधेयकमाथि सोही व्यहोराका संशोधन प्रस्ताव दर्ता पनि भएका छन् ।

विधेयकमा नेपाल सरकारबाट जारी हुने राहदानीका लागि झुटा विवरण दिएमा वा राहदानीसम्बन्धी कुनै कसुर गरेमा बिना पूर्जी पक्राउ गरी कारबाही गरिने उल्लेख छ । झुटा विवरण दिई राहदानी वा यात्रा अनुमतिपत्र लिएमा वा लिने प्रयत्न गरेमा, राहदानी वा अनुमतिपत्र नलिइ विदेश भ्रमण गरेमा वा भ्रमणको प्रयत्न गरेमा तुरुन्तै नियन्त्रणमा लिनसक्ने प्रस्ताव छ ।

राहदानीको दुरुपयोग गरिएमा अनसुन्धान गर्ने कानूनी संरचनाको स्थापना गर्दै विगतको भन्दा कडा दण्ड सजायको व्यवस्था गरिएको छ । सांसद र उच्च पदाधिकारी पनि राहदानी कसुरमा पर्ने सन्दर्भमा विधेयकले कडाइ गरेको हो ।

विधेयकमा राहदानी कसुरमा रु दुई लाखदेखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्म कैद वा दुबै कारबाही पनि हुनसक्ने उल्लेख छ । कसुरदारका मतियारलाई पनि कारबाही हुने विधेयकमा व्यवस्था छ ।

प्रस्तावित विधेयकमा नेपाल सरकारले दिएको निर्देशन पालना नगरेमा, आफ्नो राहदानी अर्कालाई प्रयोग गर्न दिएमा वा अर्काको राहदानी प्रयोग गरेमा, राहदानीमा फोटो वा विवरण सच्याएमा, अन्य व्यक्तिको राहदानी निजको अनुमति नलिइ बद्नियतपूर्वक नियन्त्रणमा लिएमा कसुरदार ठहर गरी कारबाही गरिने जनाइएको छ ।

बैठकमा उपसमिति गठन गरेर विस्तृत गर्नसमेत सुझाव आए पनि यही भदौ २९ गते बस्ने समितिको पूर्ण बैठकमै थप छलफल गर्ने निर्णय भएको छ । समितिका ज्येष्ठ सदस्य माधवकुमार नेपालको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

नेपाली काङ्ग्रेसका सांसद पुष्पा भुसालले नगरपालिका र गाउँपालिकाका प्रमुखलाई समेत रातो पासपोर्ट दिने तयारी भएका बेला सांसदलाई त्यसबाट अलग राख्न नहुने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका नारदमुनी रानाले सांसदका नाममा रातो पासपोर्ट दुरुपयोग हुने खतरा रोक्ने संयन्त्र बनाएर सांसदलाई कुटनीतिक राहदानी दिन उपयुक्त हुने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने जुनसुकै पदमा रही काम गर्ने नेपालीले निजी कामका लागि विदेश जाँदा साधारण राहदानी प्रयोग गर्नुपर्ने सुझाव दिनुभयो । विधेयकमाथि विभिन्न छ सांसदले संशोधनको सूचना दर्ता गराउनुभएको छ ।

मौजुदा राहदानी ऐन, २०२४ का व्यवस्थामा समयसापेक्षरूपमा परिमार्जन गर्न तथा नयाँ संविधान प्रतिकूल बनाउन सरकारले प्रतिनिधिसभामा नयाँ विधेयक लगेको थियो । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागीले नागरिकको विदेश जाने र आउने क्रमलाई व्यवस्थित गर्न तथा नागरिक उडड्यन सङ्गठन (आइकाओ) का नीतिगत मान्यतालाई सम्बोधन गर्न विधेयकले व्यवस्था गरेको बताउनुभयो ।

विधेयकमा चार प्रकारका राहदानी जारी हुने व्यवस्था गरिएको छ । सरकारी कामको सिलसिलामा विदेश जाने तोकिएका पदाधिकारी र उच्चपदस्थ अधिकारीका लागि कुटनीतिक, सरकारी निर्णयबाट कुनै अध्ययन, भ्रमण र तालीममा जाने कर्मचारी तथा पदाधिकारीलाई विशेष, विदेशस्थित नेपालको नियोगमा खटिएर जाने कर्मचारीलाई सर्भिस र नेपाली नागरिकलाई साधारण गरी चार किसिमका राहदानी जारी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

कर्णाली प्रदेशको बजेट २०८३/०८४:“सुशासनको मिठो भाषा र व्यवहारिक अभ्यासको कठिन दूरी”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group