
काठमाडौं ,२६ भाद्र । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका दीपकराज जोशी आजबाट सर्वोच्च फर्कने भएका छन्।
जोशीले सोमबार नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई वरिष्ठतम् न्यायाधीशको हैसियतमा अदालतमा स्वागत गरेका थिए।
प्रधानन्यायाधीशमा सिफारिश जोशीलाई साउन १८ गते संसदीय सनुवाइ समितिले अस्वीकृत गरेको थियो।
प्रधानन्यायाधीशमा अस्वीकृत गर्दै सुनुवाइ समितिका नेकपाका सांसदले जोशीको शैक्षिक प्रमाणपत्रमा सन्देह देखिएको, सुनुवाइका क्रममा न्याय क्षेत्रमा ठोस अवधारणा ल्याउन नसकेको, नेपालको न्यायप्रणालीलाई योगदान गर्न सक्ने कुनै दृष्टान्त पेश नगरेको कारण देखाएको थियो।
जोशीले आफ्नो प्रमाणपत्र छानविन गर्नसमेत चुनौती दिएका थिए। उनले आफूलाई अदालत नजान कसैको आग्रहरपूर्वाग्रह नरहेको बताए।
मिश्र प्रधानन्यायाधीश भएपछि जोशी वरिष्ठतम् न्यायाधीश हुनेछन्। वरिष्ठतम न्यायाधीश संवैधानिक इजलासको सदस्य हुन्छ। त्यस्तै न्यायाधीश सिफारिस तथा उजुरी छानविन गर्ने निकाय न्यायपरिषद्को सदस्य हुने व्यवस्था रहेको छ।
न्यायपरिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न रोष्टर तयार गरेर संवैधानिक परिषद्मा पठाउने गरेको बताइएको छ ।



















प्रतिक्रिया दिनुहोस्