ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापाको कचनकवल गाउँपालिकामा प्रर्दशनकारीद्धारा तालाबन्दी


bhawani desk
भाद्र २४, २०७५ आईतबार   ११ : २२   बजे

झापा ,२४ भाद्र । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा प्रर्दशनकारीहरुले तालाबन्दी गरेको छ । गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बहुमतको आधारमा एकलौटी ढंगबाट दोस्रो गाउँसभा गर्न खोजेपछि आन्दोलित बनेका प्रर्दशनकारीले आइतबार दोस्रो दिन तालाबन्दी गरेको हुन् ।

शनिवार गाउँपालिकाका जनप्रतिनिधि बीच गाउँसभामै हातपात भएपछि अध्यक्ष आलमले आइतबार विहान ८ बजेसम्म सभा स्थगन भएको घोषणा गरेका थिए ।

आइतबार विहान पुनः गाउँसभा गर्न खोजपछि असन्तुष्ट पक्षका जनप्रतिनिधि, नेपाल कम्प्युनिष्ट पार्टी र नेपाली काँग्रेसका कार्यकर्ताहरु तालाबन्दीसहित विरोध प्रर्दशनमा उत्रिएको नेपाली काँग्रेसका महासमिति सदस्य भुमिप्रसाद राजवंशीले बताउनुभयो ।

गाउँपालिका ६ स्थित बनियानी बजारमा भेला भएका प्रर्दशनकारीले सडकमा टायर बाल्दै विरोध र्याली निकालेका थिए । र्यालीसहित गएका प्रर्दशनकारीले गाउँसभास्थलमा सूचना टाँस गर्दै तालाबन्दी गरेको छ ।

आन्दोलित बनेका स्थानीयको माग सम्बोधन नभएसम्म तालाबन्दी गरिएको र लगाइएको तालालाई जबरजस्ती खोल्न खोजे यसको जवाफदेही स्वमय सम्बन्धित निकायले लिनुपर्ने नेकपाका नवराज भट्टराईले जानकारी दिनुभयो । यता सभास्थलमा तालाबन्दी गरे पश्चात प्रर्दशनकारी गाउँपालिकाको कार्यालयतर्फ गएका छन् ।

प्रर्दशनकारीहरुले गाउँपालिकाको केन्द्र बनियानीलाई सार्न पाइँदैन, तानाशाह एकाधिकार अन्त्य गर, विकास निर्माण कार्य पारदर्शी गर, शिक्षा कार्यविधि खारेज गर, गाउँपालिकालाई कार्यकर्ता भर्ति केन्द्र बन्द गर र पार्टी कार्यकर्ता मुखी बजेट खारेज लगायतको नारा लगाउँदै गाउँपालिका कार्यालय पुगेका थिए ।

गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरामा रहेको छ । प्रर्दशनकारीले गाउँपालिकामा ताला लगाउन खोजेपनि प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई बाटैमा रोकेपछि घटनास्थल तनावग्रस्त बनेको छ । उनीहरु अहिले कोणसभा गर्दै बिरोध प्रर्दशनलाई जारी राखेको छ । यता गाउँपालिका अध्यक्ष आलमले दिउँसो ३ बजेपछि असन्तुष्ट पक्षसंग बार्ताका लागि आवहन गरेको छ ।

यता शनिवार दिउँसो दोस्रो सभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरु बीच हातपात भएको थियो । जनप्रतिनिधि बीच भएको हातपातपछि घम्साघम्सीमा परीे कचनकवल ७ महिला सदस्य लक्ष्मी इदिङ्गो घाइते भएका छिन् । उनको टाउँकोमा चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

फिफा विश्वकप–२०२६: सहआयोजक मेक्सिको विश्वकपको नकआउट चरणमा प्रवेश

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group