
दाङ, १६ भाद्र । दाङको दंगीशरण गाउँपालिका वडा नं ३ मा बुहारीले आफ्नै सासुको हत्या गरेकि छिन् ।
बोक्सीको आरोपमा बुहारीले टंकी रावतले सासू खोपी रावतको हत्या गरेकी हुन्।
आफू लगातार बिरामी भएर झारफुक गर्दासमेत सन्चो नभएपछि सासूको हत्या गरेको प्रहरीसामु बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
बुहारीले सल्यान कपुरकोट गाउँपालिका–२ स्थित शिव मन्दिर सामुदायिक वनमा लगी हत्या गरेर फालेको अवस्थामा शव वरामद गरेको प्रहरीले बताएको छ। ‘हत्या करिब दुई साताअघि नै भएको हो, तर परिवारका सदस्यले हराएको भनी उजुरी दिएकोले खोजतलास गर्दै जाँदा सल्यानको कपुरकोटमा शव भेटिएपछि रहस्य खुल्यो,’ प्रहरी उपरीक्षक कृष्णहरि शर्माले भने। हत्यामा संलग्न रावतलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको शर्माले जानकारी दिए।



















प्रतिक्रिया दिनुहोस्