
काठमाडौं, २१ साउन । भक्तपुरमा एक बालकको अपहरणपछि हत्या भएको छ । आइतबार साँझ अपहरणमा परेका ११ वर्षिय निशान खड्काको हत्या भएको हो।
सोमबार प्रहरीले भक्तपुरको डोलेश्वरमा खड्काको शव फेला पारेको हो। प्रहरीले अपहरणपछि उनको हत्या भएको जनाएको छ। बालक खड्का काँडाघारीकै हाइल्याण्ड स्कुलमा कक्षा ६ मा पढ्थे।
अपहरणकारीले बालकका बुवाआमासँग ४० लाख फिरौती मागेका थिए। यसैबीच भक्तपुरमा सोमबार प्रहरी इन्काउन्टरमा परी २ जनाको मृत्यु भएको छ। प्रहरीले ती दुई जना खड्कालाई अपहरण गर्ने अपहरणकारी भएको जनाएको छ।
महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार आइतबार साँझ काँडाघारीबाट अपरहणमा परेका बालकको शव डोलेश्वरमा भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा अपहरणकारी पनि त्यही क्षेत्रमा लुकेको सूचना आयो।
प्रहरीले पिछा गर्दै जाँदा प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले जवाफी कारबाहीमा चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको एसएसपी सिंहले जानकारी दिए।
घटनास्थलबाट प्रहरी एक थान पेस्तोल, दुई राउन्ड गोली र फिरौती माग्न प्रयोग भएको सिमकार्ड बरामद गरेको छ।



















प्रतिक्रिया दिनुहोस्