काठमाडौं,१८ साउन । त्रिभुवन विमास्थलको धावनमार्गमा चिरा परेपछि हवाई उडान र अवतरण रोकिएको छ । शुक्रबार बिहान एक्कासी धावनमार्ग चिरा परेपछि उडान र अवतरण रोकिएको हो ।
विभिन्न देशबाट आएका जहाज आकाशमै होल्ड भएपछि ती सबैलाई अवतरण गराउन अहिले विमानस्थल खुला गरिएको छ । विमानस्थल कार्यालयका प्रवक्ता प्रेमचन्द्र ठाकुरका अनुसार होल्डमा रहेका जहाज अवतरण भैसकेपछि फेरि उडान र अवतरण बन्द गरेर धावनमार्गको मर्मत गरिनेछ । मर्मतको काम छिटै सकेर उडान र अवतरण नियमित गर्ने प्रयास भैरहेको छ ।



















प्रतिक्रिया दिनुहोस्