ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुरक्षाका लागि राखिएका सिसी क्यामेरा बन्द


bhawani desk

रत्ननगर, १६ साउन। चितवनको भरतपुर र रत्ननगर जोड्ने टिकौली जैविक मार्ग (कोरिडोर)मा वन्यजन्तुको सुरक्षाका लागि राखिएका सिसी क्यामेरा आर्थिक अभावले बन्द भएका छन् ।

गाडीको तीव्र गतिले संरक्षित वन्यजन्तु मार्ने क्रम बढेपछि यहाँ १० वटा सिसी क्यामेरा जोडेर वन्यजन्तुको सुरक्षा अपनाइएको थियो । तर अहिले आर्थिक अभावका कारण सबै क्यामेरा बन्द भएपछि वन्यजन्तुमा हुने क्षति रोक्ने काम चुनौतीपूर्ण बनेको छ ।

सशस्त्र वन रक्षक तालीम केन्द्र टिकौलीमा नियन्त्रण कक्षा बनाएर जडान गरिएको सडक छेउको १० वटै सिसी क्यामेराले वर्षा लागेपछि राम्ररी काम गर्न सकेको छैन । साउनको ४ गतेबाट भने सबै क्यामेरा बन्द नै हुन पुगेको छ ।

सशस्त्र वन रक्षक तालीम केन्द्रका सुवेदार माधव उप्रेती जेनतेन चल्दै आएको सिसी क्यामेरा पैसा नभएर मर्मत गर्न नसक्दा सबै बन्द भएको बताउनुहुन्छ । “हामीलाई सञ्चालनका लागि बजेट आउँदैन, निकुञ्ज र तालले केही हेर्दैन, उप्रेतीले भन्नुभयो, वार्षिक ३५ हजार विद्युत्का लागि भनेर आउँछ कार्यालयकै विद्युत् तिर्न सकिरहेको छैन, सिसीलाई कसरी खर्च गर्नु ।”

करीब छ किलोमिटर क्षेत्र रहेको टिकौली जंगल निकुञ्जको चुरे र महाभारत पर्वत जोड्ने कोरिडोर हो । वन्यजन्तुको आवतजावत गर्ने क्षेत्र भएकाले पूर्व–पश्चिम गर्ने सवारीसाधनले हानेर वन्यजन्तु मर्ने क्रम बढेपछि निगरानीका लागि सिसी क्यामेरा जडान गरिएको बताउनुहुन्छ निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल ।

वर्षामा समस्या हुने भन्दै उहाँले निगरानी जारी रहेको प्रतिक्रिया दिनुभयो । सशस्त्र वन रक्षक नजिक भएकाले उसैलाई निगरानी गर्न भनिएको समेत उहाँ बताउनुहुन्छ ।

दुई वर्षअघि तराई भूपरिधि कार्यक्रम ९ताल०को सहयोगमा चितवन निकुञ्ज, जिल्ला वन कार्यालय र स्थानीय प्रशासनको पहलमा यहाँ सिसी क्यामेरा जडान गरिएको थियो ।

क्यामेराकै आधारमा प्रहरीले दुर्घटना गराएर भागेको गाडी समाउन सफल भएको थियो भने वन्यजन्तुलाई ठक्कर दिने पाँच÷छ वटा गाडी नियन्त्रणमा लिई कारबाहीसमेत गरिएको थियो । बीचमा पाँच÷छ वटा क्यामेरा नियमित सञ्चालनमा थियो ।

मुख्य राजमार्गको करीब छ किलोमिटर क्षेत्र रहेको टिकौली जंगलको राजमार्ग छेउमा क्यामेरा राखिएको थियो । सो क्षेत्रमा दुर्लभ वन्यजन्तु गैँडा, बाघ चित्तल, बँदेललगायत ओहोरदोहोर गर्दै आएको छ । वर्षेनी यहाँ गाडीको ठक्करले चित्तल मर्ने गरेको छ । कमजोर निगरानी र सिसी क्यामेरा बन्द हुँदा भने अब सुरक्षा चुनौतीपूर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com