
काठमाडौं, १५ साउन । कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई हात्ती र कम्युनिस्टलाई बोका भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसले काठमाडौंमा मंगलबार गरेको सरकारको विरोधमा गरेको सभालाई संबोधन गर्दै उनले कम्युनिस्ट जतिसुकै ठूलो भए पनि कांग्रेसलाई भेट्न नसक्ने दावी गरे ।
‘काङ्ग्रेस हात्ती हो कम्युनिस्ट बोका हो’ उनले भने ‘हात्ती दुब्लाउनु र बोका मोटाउनु एकै हुन्न ।’
दुई तिहाई बहुमतको भरमा सरकारले जथाभावी गर्न लागेको भन्दै त्यसो नगर्न सचेत गराए ।
साथै उनले सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था भएकाले एकजनाले राजीनामा दिनुपर्ने सिंहको भनाइ छ ।



















प्रतिक्रिया दिनुहोस्