ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरान उपमहानगर प्रमुख तारा सुब्बाको रिक्त पदमा अब को ?


एबीसी न्यूज

सुनसरी, १४ साउन । गत साउन १ गते उपचारका क्रममा निधन भएको धरान उपमहानगरका प्रमुख तारा सुब्बाको निधनपछि रिक्त पदका मा को ? भन्ने कुरा जनचासोको विषय बनेको छ । उपनिर्वाचन कहिले हुने त्यो पनि टुंगो लागेको छैन ।

तर दलहरूबीच भने उम्मेदवार हुने आकांक्षी चर्चामा आउन थालेका छन् ।नेकपामा रमेश बस्नेत, इन्द्र राई, प्रकाश राई, अइन्द्रविक्रम बेघा, पदम इस्वो, मोती सुनुवार, नारायण सुवेदी र मनोजकुमार मेन्याङ्बोलगायतको नाम चर्चामा छ ।

त्यस्तै कांग्रेसबाट जिल्ला सचिव सुजेन्द्र तामाङ, नगर सभापति तिलक राई, पूर्वनगर सभापति किशोर राईको चर्चा चल्न थालेको छ ।

नेकपाका जिल्ला संयोजक रमेश बस्नेतले भने, ‘अहिले खासै तयारी छैन । नगर प्रमुख तारा सुब्बाको देहान्तको शोक अझै छ, निर्वाचन आयोगले तयारी नगरेसम्म पार्टीमा कुनै चर्चा नगर्ने निर्णय भएको छ ।’

गत स्थानीय तहको चुनावमा कुल मतदाता ७९ हजार ८ सय १२ मतमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।

उक्त चुनावमा तत्कालीन एमालेले २० हजार ९ सय ७५, संघीय समाजवादी फोरमलाई उपमेयर दिएर गठबन्धन गरेको कांग्रेसले १६ हजार १ सय २ र माओवादी केन्द्रले ११ हजार १ सय ८० मत प्राप्त गरेको थियो ।

निर्वाचन आयोगको नियमावलीमा ‘स्थानीय तहको प्रमुख, उपप्रमुखले राजीनामा दिए, देहान्त भएमा उपनिर्वाचन गर्न सक्ने छ’ भनिएको तर निर्वाचन हुनेछ नभनिएकाले निर्वाचन नै हुन्छ हुँदैन यकिन भन्न नसकिने अवस्था रहेको जिल्ला निर्वाचन आयोगका प्रवक्ता शान्तिबहादुर अधिकारीले बताए ।

उनले भने, ‘अरू स्थानीय तहको पनि उपनिर्वाचन गर्नुपर्ने होला । सरकारले जे निर्देशन दिन्छ सोहीअनुसार तयारी गर्ने हो । निर्वाचनका लागि सरकारले समन्वय गर्नुपर्छ ।

उनले भने ‘उपनिर्वाचन आयोगले मात्र गरेर हुँदैन ।’ चाँडो गर्न स्थानीय तहले नै सरकारलाई दबाब दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com