ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीमा विद्युत ट्रान्सफर्मर सार्दा घाइते भएका बिरामीलाई काठमाडौं अस्पतालमा अलपत्र छाडेपछि …


admin
श्रावण ९, २०७५ बुधबार  १० : ०४ बजे

काठमाडौं, ९ साउन । नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण कार्यालयले एकजना गाउँलेलाई विद्युत ट्रान्सफरमर सार्दा घाइते भएपछि अलपत्र छाडेका छन् ।

गत असार ३२ गते सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ३ चपौलीमा विद्युत ट्रान्सफ्रमर जडानका क्रममा करेन्ट लागी स्थानीय दुर्गा देवकोटा घाइते भएका थिए । घाइतेलाई उपचारका लागि काठमाडौंको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचारका लागि ल्याउन विद्युत प्राधिकरण सिन्धुलीले नै सहयोग पनि गर्यो । तर चार दिनपछि प्राधिकरणका कर्मचारी विरामी छाडेर हिडे ।

विद्युतका कर्मचारी एकाएक विरामी छाडेर हिडेपछि देवकोटाका आफन्तहरुले उनको उपचार गरिरहेको छ । विद्युत टान्सफर्मर सार्न खोज्दा करेन्ट लागेपछि प्राधिकरणले पूरा उपचार र क्षतिपूर्ति देला भन्ने अपेक्षा आफन्तको थियो । तर, विरामी नै अलपत्र छाडेर हिडेपछि आफन्तहरु आक्रोसित बनेका छन् ।

बिरामी हलचल गर्न नसक्ने अवस्थामा छ । बिरामीको अवस्था चिन्ताजनक अवस्थामा छ । सुरुमा १५ हजार र पछि १० हजार रुपैया उपचारका लागि भन्दै प्राधिकरणले उपलव्ध गराएको पनि थियो । तर, बिरामीको लागि हेरचाहमा खटाएका कर्मचारी नै सिन्धुलीतिर लागेपछि देवकोटाको उपचारमा समस्या सिर्जना भएको थियो । आफन्तहरुले देवकोटाको उपचारमा हेलचेक्र्याई हुने देखेपछि आफन्तहरु नै अहिले उपचारमा जुटेका छन् । चिकित्सकसित मिलेर बिरामीलाई डिस्चार्ज गराउन समेत लागेको आरोप आफन्तको छ ।

बिरामीको उपचारमा प्राधिकरणले बेवास्ता गरेको जानकारीपछि सिन्धुली ट्रष्ट नेपालका अध्यक्ष उज्वलविक्रम थापा र अभियन्ता तथा पत्रकार डण्ड गुरुङ अस्पताल पुगेको थियो । बिरामीको स्थिति बुझ्नुका साथै आफन्तहरुसित बिरामीको उपचारका बारेमा छलफल भएको छ । घाइते देवकोटाले ट्रान्सफर्मर सार्नका लागि प्राधिकरणका मानिसहरु आएर सहयोग मागेको र आफूले सहयोग गर्न खोज्दा करेन्ट लागेको बताएका छन् । देवकोटाको भुँडी, लिंग लगायत भागमा बढी जलेको छ ।

उता सिन्धुलीस्स्थित एबीसी रिपोर्टर विदुर पौडेलसित कुराकानी गर्दै सिन्धुली प्राधिकरणका प्रमुख खिलनाथ अर्यालले भने देवकोटा आफूखुशी ट्रान्सफर्मर सार्न चढेको बताएका छन् । देवकोटा घाइते भएपछि मानवीय नाताले सहयोग गरेको बताएका छन् । तर, आफन्तहरुले भने घाइतेको उपचारका साथै क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।

घाइतेको उपचारका लागि सिन्धुली ट्रष्टले पहल गर्ने भएको छ । त्यसका लागि सरकारसित समन्वय गर्ने र घाइतेको मागबारे सम्वन्धित निकायको ध्यानाकर्षण गराउने ट्रष्टका अध्यक्ष थापाले बताए ।

घाइतेको अवस्था र प्राधिकरण सिन्धुलीको बेवास्ता बारेमा सिन्धुली ट्रष्टका अभियन्ताहरुले उर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुनको सचिवालयमा जानकारी गराइसकेको छ । मन्त्री पुनको सचिवालयले घाइते देवकोटाको उपचारका लागि तत्काल पहल गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepali Congress Internal Estimate: Around 50+ FPTP Seats and 30 Lakh PR Votes Target Looks Tough – What ABC Ground Reporting Says ?

कांग्रेसको आन्तरिक अनुमान प्रत्यक्षमा ५० बढी र समानुपातिकमा ३० लाख मतको लक्ष्य कठिन, एबीसी स्थलगत के भन्छ ?

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com