ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय सरकार आएपछि गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना


bhawani desk
श्रावण ९, २०७५ बुधबार  १ : २० बजे

कञ्चनपुर, ९ साउन ।  स्वास्थ्योपचारका लागि दश किलोमिटर टाढाको स्वास्थ्यचौकी पुग्नुपर्ने झन्झटबाट शुक्लाफाँटा नगरपालिका– ८ बेलडाँडीका बासिन्दाले मुक्ति पाएका छन् ।

स्थानीय सरकार आएपछि गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएकाले स्थानीय बासिन्दाले सहज रुपमा स्वास्थ्य सेवा पाउन थालेका हुन् । स्वास्थ्यकर्मीसहित इकाइमा प्रर्याप्त औषधिको व्यवस्था गरिनाका साथै गाउँघर क्लिनिकलाई स्तरोन्नति गरी सामुदायिक स्वास्थ्य इकाइ बनाइएको हो ।

“सामान्य ज्वरो आउँदा वा चोटपटक लाग्दा पनि टाढाको झलारीमा रहेको स्वास्थ्य चौकीमा पुग्नु पर्दथ्यो।” स्थानीय बमबहादुर डगौराले भन्नुभयो, “गाउँमै स्वास्थ्यकर्मीसहित औषधिको व्यवस्था मिलाइएपछि निकै सहज भएको छ । औषधिका लागि शुल्क पनि लाग्दैन, लाइनमा बस्नु पर्दैन, जाँच गराएपछि औषधि पाइन्छ । जनप्रतिनिधि आएको अनुभूति भएको छ ।”

बस्तीलाई तीनैतीर नदीले घेरिएको र वर्षाका बेला गाउँमा बिरामी भए नदीमा आउने बाढीले नदी तर्न कठिन नसक्दा उपचारबाट पनि वञ्चित हुनुपर्ने अवस्था थियोे तर अहिले त्यस्तो अवस्था रहेन स्थानीय सुनिता नागरीले भन्नुभयो ।

इकाइमा उपचारका लागि नगरपालिकाको पिल्लरी र बेलडाँडीका बासिन्दा मात्रै नभएर छिमेकी कृष्णपुर नगरपालिकाको दोमिल्ला, पहरिया र सुन्दरी फाँटाका बासिन्दासमेत यहाँ उपचारका लागि पुग्ने गरेको इकाइमा कार्यरत अहेब डम्बरदत्त जोशीले बताउनुभयो ।

उहाँका अनुसार दैनिक २० देखि ४५ जनासम्म बिरामी उपचारका लागि आउन थालेका छन् । इकाइ स्थापनाले अशक्त, अपांगता भएका व्यक्ति, असहाय, बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी लाभान्वित भएका छन् ।
इकाइमा जनशक्तिको अभाव पूर्ति गर्नका लागि चाडै सहयोगीसहित स्वास्थ्यकर्मीको व्यवस्था गर्न लागिएको वडाअध्यक्ष बहादुर महराले बताउनुभयो । इकाइ हाल समुदायले निर्माण गरेको कच्ची घरमा सञ्चालन हुँदै आएको छ । इकाइका लागि पक्की भवन निर्माणको कार्यसमेत शुरु गरिएको छ ।

गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल लैजान नदी नै बाधक थियो सुरत साउदले भन्नुभयो, “नदीमा पक्की पुल निर्माण हुनथालेको छ । सडकको पनि स्तरोन्नति गरिएकाले गाउँका बासिन्दाका वर्षांैदेखिका समस्या हट्न थालेका छन् ।” इकाइबाट सातसय बढी परिवार लाभान्वित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

ट्रम्प-शी शिखर सम्मेलन नजिक, तर चीनलाई थाहा छैन- ट्रम्प के चाहन्छन् ? :न्यूयोर्क टाइम्स

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

इरान युद्धको पहिलो ६ दिनमै अमेरिकालाई ११.३ अर्ब डलर खर्च

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

किन बढारिए पुराना दल ?

मध्यम आकारका युद्धहरूको श्राप

ट्रम्प-शी शिखर सम्मेलन नजिक, तर चीनलाई थाहा छैन- ट्रम्प के चाहन्छन् ? :न्यूयोर्क टाइम्स

सिरहा बार एसोसिएसन कार्यालयमा विस्फोट, एक कर्मचारी घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com