ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालक अपहरण घटना अनुसन्धानमा


bhawani desk

वीरगन्ज , ७ साउन । आन्तरिक मामिला तथा कानून गृहमन्त्री ज्ञानेन्द्र यादवले करीब दुई महिनाअघि जीतपुर सिमरा उपमहानगरपालिका–७ जीतपुरबाट अपहृत नौवर्षीय अंकित साहबारे प्रदेश नं २ को सरकार गम्भीर रहेको बताउनुभएको छ ।

गत जेठ २२ गते घरबाट खेल्न निस्केका बालक साह राति अबेरसम्म घर नआउँदा छोरा अपहरणमा परेको खबर बालकका बुबा ललनले पाई जीतपुर प्रहरीलाई जानकारी दिएका थिए ।

रासससँग टेलिफोनमा कुरा गर्दै मन्त्री यादवले अपहृत बालकलाई सकुशल ल्याउनेबारे प्रदेश सरकार गम्भीर रहेको र सो समस्या चाँडै समाधान हुने विश्वास व्यतm गर्नुभयो । अपहरण घटना सम्बन्धमा प्रदेश नं २ को उच्च सुरक्षा निकायसँग व्यापक छलफल भइरहेको छ भन्दै मन्त्री यादवले बालकलाई कसरी सकुशल फिर्ता ल्याउने भन्नेबारे गृहकार्य भइरहेको बताउनुभयो ।

अपहृत बालक नेपाल बाहिर रहेकाले उनलाई कुनै क्षति नहोस् भन्नेबारे प्रदेश सरकार गम्भीर छ भन्दै मन्त्री यादवले भन्नुभयो, “यो घटनाको करीब करीब नजिक पुगिसकेकोले चाँडै बालक साहलाई सकुशल उद्धार गरिने छ ।”

प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले खेलिरहेको बालकलाई उठाउने मानिस पक्राउ परेको र थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । बारा प्रहरीले सो घटनामा सफलता हात पार्न नसकेपछि काठमाडौँबाट आएको अपराध अनुसन्धान टोलीले अनुसन्धान शुरु गरेपछि भारतको सिकटा बजारबाट यही साउन २ गते भारतीय प्रहरीको सहयोगमा दुई जनालाई पक्राउ गरी थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानमा प्रभाव पर्ने भएकाले ती दुईको नाम प्रहरीले गोप्य राखेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक रञ्जीत सिंह राठोरले अहिलेसम्म अनुसन्धान भइरहे पनि सफलता भने प्राप्त हुन नसकेको बताउनुभयो ।

प्रहरीलाई जानकारी नै नदिई अपहृत बालकका बुबा ललनले अपहरणकारीलाई रु १५ लाख फिरौती बुझाए पनि हालसम्म बालक अपहरणमुतm हुनसकेका छैनन । ललनसँग अपहरणकारीले शुरुमा रु एक करोड माग गरे पनि उनले भारतको बेतिया शहरको अज्ञातस्थलमा अपहरणकारीलाई रु १५ लाख बुझाएका थिए ।

अपहरणकारीले रकम हात पार्नेबित्तिकै मोबाइल स्वीच अफ गरेकाले हालसम्म सम्पर्क हुन सकेको छैन । सम्पर्क नहुँदा अपहृत बालकको अवस्था अज्ञात छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com