ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूलाई छुवाछूत गर्नेलाई जेल सजाय तोकेपछि बुद्धमायाले गरिन विष खाएर आत्महत्याको प्रयास


bhawani desk
श्रावण ५, २०७५ शनिबार  ३ : ०८ बजे

 

काठमाडौं,५ साउन । आफूलाई जातीय छुवाछूत र कुटपिट गर्नेलाई अदालतले जेल सजाय तोकेपछि न्यायको अनुभूति गर्न नपाई विष खाएर आत्महत्याको प्रयास गर्नुभएकी बुद्धमाया विश्वकर्माको काठमाडौंस्थीत ग्रीनसिटि अस्पतालले निशुल्क उपचार गरेको छ ।

अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दे ४८ बर्षिया विश्वकर्माको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पनि जनाएको छ ।

असार २७ गते बुधबार दिउँसो बुद्धमायाले विष खाएर बेहोस भएपछि उपचारका लागि बर्दिबास चोकस्थित शुभस्वस्तिक अस्पतालमा राखिएको थियो । तर उहाँको उपचारमा सुधार नभए पछि शनिबार काठमाडौं ल्याएर ग्रिन सिटी अस्पतालमा उपचार गरेपछि स्वास्थ्यमा सुधार आएको हो ।

ग्रिन सिटी अस्पतालका डा.सन्तकुमार दासको नेतृत्वमा डाक्टर खेम भुषाल र डांक्टर रोशन ढकालको टोलीले बुद्धमाया विश्वकर्माको अवस्था जटिल बनेको भन्दै आइसियूमा राखेर थप उपचार गर्नुभएको थियो ।

अस्पतालका अध्यक्ष लोकवहादुर टण्डनले विष अत्यधिक मात्रा भएकोले स्वास्थ्य अवस्था जटिल बनेको र अहिले पूर्ण रुपमा स्वस्थ भईसकेको जानकारी दिनुभयो । उहाले असहाय बिरामीका लागी अस्पतालले निशुल्क स्वास्थ्य उपचार सेवा गरेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा विश्वकर्मा समाज नेपाल प्रदेश २ का अध्यक्ष तथा दलित अधिकारकर्मी मीन रणपालले समाजमा दलित समूदाय असुरक्षित रहनेको प्रमाण यो घटना रहेको बताउनुभयो ।

धारामा पानी छोएको भन्दै बुद्धमाया विश्वकर्माकी छोरी मनिषा र उनलाई कुटपिट गर्ने स्थानीय कमला गिरीविरुद्ध जिल्ला अदालत महोत्तरीले यही असार २४ गते जातीय विभेदको कसुर गरेको ठहर गर्दै ६ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

यसलाई दलित समुदायले ऐतिहासिक फैसला मानेका छन् । तर विश्वकर्माले उही टोलमा बस्नुपर्ने भएको कारण सामाजिक डर, त्रास र असुरक्षित महसुस गरी विष खाएर आत्महत्या गर्ने प्रयास गर्नुभएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री ? यस्तो छ संवैधानिक समयरेखा

संसद् पहिलो बैठक वैकल्पिक हलमा

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद, सहकार्यको प्रतिबद्धता

लज्जाजनक हार बेहोरेको झापा ५ मा एमाले समानुपातिक तर्फ पनि निकै कम

समानुपातिकतर्फ एक करोड दुई लाख ५८ हजार मतगणना, कसले कति पाए ?

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com