ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेठ घटना प्रतिवेदनको बिरोधमा राजपा आन्दोलित


एबीसी न्यूज

सप्तरी, ४ साउन । राष्ट्रिय मानवअधिकार आयोगले हालै सार्वजनिक गरेको मलेठ घटनाको प्रतिवेदन सत्यतथ्य नभएको भन्दै राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले सोको बिरोध गर्दै आन्दोलनका कार्यक्रम अनुसार शुक्रबार बिहान एक घण्टा चक्काजाम गरेको छ ।

आयोगले दिएको प्रतिवेदन घटनाविपरीत रहेको र त्यसलाई खारेजी गर्नुपर्ने माग राख्दै राजपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

तत्कालीन नेकपा एमालेले शुरु गरेको मेची–महाकाली अभियानका क्रममा २०७३ फागुन २३ गते मलेठ नजिकैको औद्योगिक क्षेत्रमा कार्यक्रम गर्नेबारे विवाद हुँदा प्रहरीको गोली लागेर मलेठका संजन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साहसहित पाँच जनाको ज्यान गएको थियो । लगत्तै आयोगले यसको छानबिन गर्न समिति गठन गरेको थियो ।

तर राजपाले रिपोर्ट गलत भएको भन्दै खारेजीको माग गरेको छ । उसले विभिन्न आन्दोलनका कार्यक्रमसमेत घोषणा गरेको छ ।

राजपा सप्तरीका सह–महासचिव गजेन्द्रकुमार मण्डलले शुक्रबार घटना भएको मलेठस्थित रुपनी रोडमा बिहान ८ देखि ९ बजेसम्म धर्ना दिइएको जानकारी दिए । उनका अनुसार आजै दिउँसो राजविराजको जनआन्दोलन चोकमा सार्वजनिक गरिएको प्रतिवेदन जलाउने र कोणसभाको आयोजना गर्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com