ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक सम्पदाको दोहनबाट वातावरणीय समस्या


bhawani desk
श्रावण २, २०७५ बुधबार  ६ : १४ बजे

जनकपुर, २ साउन । प्राकृतिक सम्पदाको अधिक दोहनका कारण प्रदेश नं २ मा वातावरणीय समस्या सघन हुँदै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।

नेपाल वातावरण पत्रकार समूहद्वारा आज यहाँ आयोजित सञ्चार बहस–प्राथमिकतामा वातावरण विषयको कार्यक्रममा सहभागीहरूले चुरे विनाशले जल, वायु, कृषि र नदीमा नकारात्मक प्रभाव पारिहेकोतर्फ ध्यानाकर्षण गराएका थिए ।

सडक, विमानस्थल, रेल्वे विस्तार, बसोबासको नाममा वन फाड्ने र रूख काट्ने जस्ता क्रियाकलापले पर्यावरणीय संकट गहिरिँदै उनीहरुको भनाइ थियो ।

सो अवसरमा प्रदेशका आन्तरिक मामिला र कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले अधिक राजनीतिका कारण चुरे क्षेत्रको बिग्रँदो अवस्थाप्रति ध्यान नपुगेको बताएका छन ।

अनियन्त्रित बसोबास र खुला चरिचरनलाई रोक्नेतर्फ अग्रसर नभएमा वातावरणीय संकट बढ्दै जाने चिन्ता पनि उहांले व्यक्त गरे ।

प्रदेशसभा सदस्य रामसरोज यादवले वातावरणीय सन्तुलनका लागि चुरे क्षेत्रको संरक्षण आवश्यक रहेको बताए ।

अर्का प्रदेशसभा सदस्य रामअशीष यादवले ८४ वटा स्थानीय तहमा वनविहीनको अवस्था रहेको बताउँदै चुरे संरक्षणका लागि इमानन्दारिता र क्रियाशीलताको जरूरी रहेको औंल्याएका छन ।

अग्रज पत्रकार चन्द्रकिशोरले विकासको काम गर्दा वातावरणीय पक्षलाई ध्यान नदिँदा प्रदेश नं २ मा वन, नदी, जैविक विविधताप्रति नकारात्मक प्रभाव परिरहेको प्रसङ्ग उल्लेख गर्दै प्रस्तावित निजगढ विमानस्थल निर्माणमा वन माफियाको चलखेलले भविष्यमा वातावरणीय संकट आउने सम्भावना देखिएको बताए ।

सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश नं २ का अध्यक्ष सोमप्रसाद शर्माले बालुवा, गिट्टी निकासीमा माफियाकरण, केन्द्र सरकारको बक्र दृष्टिका कारण प्रदेशको वातावरणीय समस्यामा वृद्धि भएको चर्चा गर्दै भू–उपयोग नीति निर्माण हुनुपर्ने खाँचो औल्याए ।

वन प्राविधिक सुरेश शर्मा र राम स्वार्थ साहले अव्यवस्थित बसोबास, अतिक्रमण, डढेलो, चरिचरन, राजनीतिक दलको भोट बैंक, ठूला आयोजनाको निर्माणले वन क्षेत्रको अवस्था बिग्रँदै गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com