
काठमाडौं,२ साउन । अमेरिका लैजाने प्रलोभनमा परी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखिएका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन। उहाँहरुका अनुसार उनिहरु संग नेपालका जेशन श्रीस ( बाग्लुङ्ग ,पोखरा ) लगायतले जनही ३५ लाख रुपैयाँ नेपालमै लिएको र पछि बिच बिचमा खाना र अरु खर्च गरि ५० लाख खर्च भएको पिडितहरुले बताएका छन ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् नाइजेरियाको प्रयास र सहयोगमा उनिहरु आज काठमाडौ फर्केका हुन । उनिहरुको पासपोर्ट समेत तिनीहरुको साथमा थियो । इजिप्ट स्थित नेपाल दुतावासले उनीहरुको लागि ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष हिक्मत थापाका अनुसार बैंकक हुँदै दलाल मार्फत ३६ नेपाली नाइजेरिया पुगेको र ति मध्ये १२ जना लाई अमेरिका लान ब्राजिल उडाइएको, १२ जना नेपाल फिर्ता भएको र १३ जना नाइजेरियामा अझै रहेको तर उनिहरु सम्पर्कमा आएका छैनन् ।
गत महिना समेत थापाको संयोजनमा टोगो बाट यहि समुहका ५ जनालाई उद्दार गरि नेपाल फर्काइएको थियो । थापाले उनिहरुको फिर्ताका लागि सहयोग गर्ने इजिप्ट स्थित नेपाली दुतावस, एनआरएनए नाइजेरिया परिवार,आइसिसि सदस्य चिरञ्जीवी रोका, एनसिसि नाइजेरियाका कोषाध्यक्ष रोहित भाङ्गर, सदस्य रुद्र दर्लामी मगरलाई विशेष धन्यबाद ब्यक्त गरेका छन ।
बिबिन्द्र र जगन समेत गत मे महिनामा मात्र एनसिसि नाइजेरियाको सम्पर्कमा आई घर फिर्ता जान अनुरोध गरेका थिए ।



















प्रतिक्रिया दिनुहोस्