ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाबुआमा गुमाएका नाबालकलाई लायन्स क्लवबाट सहयोग


bhawani desk

पोखरा, १ साउन । मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३, स्याङ्बोचेमा असार २२ गते शुक्रबार भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका मौसम घर्तीमगर र जीतमाया घर्तीमगरका नाबालक छोरालाई सोमबार लायन्स क्लब अफ पोखरा डायमन्ड भिलेजले रु २० हजार १० आर्थिक सहयोग उपलब्ध गराएको छ ।

रोल्पाको थवाङ गाउँपालिका–१, फुर्तीवाङ स्थायी बसोबास भई कामको सिलसिलामा मुस्ताङ पुगेका घर्तीमगर दम्पतीको मृत्यु भए पछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका छोरा १२ वर्षीय विवश र ६ वर्षीय विशेषनलाई कोठामा नै पुगी क्लबका तर्फबाट अध्यक्ष पवित्रा न्यौपानेले उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

महिला मात्रको सो क्लबले एकआपसमा संकलन गरी जुटाएको उक्त रकम सहयोग गरिएको क्लबका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक कञ्चन थापाले जानकारी दिनुभयो ।

लायन्सले आपतविपतमा परेका सर्वसाधारणलाई सहयोग गर्दै सामाजिक सेवामा समर्पित रहँदै आएको बताउँदै लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट बी १ का क्षेत्रीय अध्यक्ष शिवराज आचार्यले नाबालकका लागि गरिएको सहयोग सराहनीय भएको बताउनुभयो ।

नाबालकका लागि गरिएको सहयोगप्रति रोल्पा-पोखरा सम्पर्क समाजका सल्लाहकार आशमान रोक्काले आभार व्यक्त गर्दै नाबालकद्वयको भविष्यप्रति सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

हस्तान्तरण समारोहमा क्लबका उपाध्यक्ष पद्मा शर्मा, सचिव लक्ष्मी न्यौपाने, कोषाध्यक्ष कविता गुरुङलगायत क्लबका पदाधिकारी एवं सदस्यको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com