ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताल संरक्षणका लागि पर्खाल निर्माण


bhawani desk

मनाङ, ३० असार । अन्नपूर्ण पदमार्गमा पर्ने निस्याङ गाउँपालिका वडा नं ६मा रहेको गंगापूर्ण हिमालको ग्लेसियरले बनाएको गंगापूर्ण ताल संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछि स्थानीय तहको पहलमा ताल संरक्षणका लागि पर्खाल निर्माण भएको छ ।
संरक्षणको अभावमा जीर्ण बन्दै गएको यस ताल पटक–पटक विभिन्न सञ्चार माध्यमबाट समाचारको विषय बनेको थियो । उक्त समाचारको प्रभावले स्थानीय निकायको ध्यानाकर्षण गरे पनि स्थानीय तह नै अन्योलमा भएको अवस्था थियो ।

गत वर्ष २०७३÷७४को बजेटबाट स्थानीय निस्याङ गाउँपालिकाबाट रु १० लाख बजेट विनियोजन गरेपछि यस तालको वरिपरि पर्खाल निर्माण कार्य शुरु भएको निस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा गुरुङले बताउनु भयो । उहाँका अनुसार पोखरा पर्यटन बोर्डबाट रु १० लाख बजेट प्राप्त भएपछि पर्खाल निर्माण कार्य सकिएको हो ।

पर्खाल निर्माणले मात्र तालको पूर्ण संरक्षण नहुने हुँदा ताल संंरक्षणका लागि अझै धेरै काम बाँकी रहेको वडा नं ६का वडाध्यक्ष सोनम गुरुङले बताउनुभयो । तालको वरिपरि पर्खाल लगाएरमात्र काम पूरा भएको छैन । आफ्नो वडामा रहेको यस ताल मनाङ गाउँकै महत्वपूर्ण सम्पत्ति भएकोले यसको वरिपरि वृक्षरोपण गरी पहिरोबाट जोगाउनु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

गंगापूर्ण हिमालको ग्लेसियरबाट बनेको ताल हिमपहिरोको सिकारमा दिनानुदिन पुरिँदै गएको छ । जसको संरक्षणका लागि स्थानीय तहले शुरुवात गरे पनि बजेट अभावका कारण अझै पूरा हुन सकेको छैन ।

वडाध्यक्ष सोनम गुरुङका अनुसार विकास निर्माणका लागि आएको बजेट सबै क्षेत्रमा विनियोजन गर्नुपर्ने भएकाले पनि समस्या भएको हो ।
आगामी वर्षमा पनि यस तालको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्ने उहाँले बताउनुभयो । हिमपहिरोका कारण जीर्ण बनेको गंगापूर्ण ताल अबको केही वर्षमा नै संकटबाट मुक्त हुने स्थानीयवासीको आशा छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com