ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ताल संरक्षणका लागि पर्खाल निर्माण


bhawani desk
असार ३०, २०७५ शनिबार  १ : ४० बजे

मनाङ, ३० असार । अन्नपूर्ण पदमार्गमा पर्ने निस्याङ गाउँपालिका वडा नं ६मा रहेको गंगापूर्ण हिमालको ग्लेसियरले बनाएको गंगापूर्ण ताल संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेपछि स्थानीय तहको पहलमा ताल संरक्षणका लागि पर्खाल निर्माण भएको छ ।
संरक्षणको अभावमा जीर्ण बन्दै गएको यस ताल पटक–पटक विभिन्न सञ्चार माध्यमबाट समाचारको विषय बनेको थियो । उक्त समाचारको प्रभावले स्थानीय निकायको ध्यानाकर्षण गरे पनि स्थानीय तह नै अन्योलमा भएको अवस्था थियो ।

गत वर्ष २०७३÷७४को बजेटबाट स्थानीय निस्याङ गाउँपालिकाबाट रु १० लाख बजेट विनियोजन गरेपछि यस तालको वरिपरि पर्खाल निर्माण कार्य शुरु भएको निस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा गुरुङले बताउनु भयो । उहाँका अनुसार पोखरा पर्यटन बोर्डबाट रु १० लाख बजेट प्राप्त भएपछि पर्खाल निर्माण कार्य सकिएको हो ।

पर्खाल निर्माणले मात्र तालको पूर्ण संरक्षण नहुने हुँदा ताल संंरक्षणका लागि अझै धेरै काम बाँकी रहेको वडा नं ६का वडाध्यक्ष सोनम गुरुङले बताउनुभयो । तालको वरिपरि पर्खाल लगाएरमात्र काम पूरा भएको छैन । आफ्नो वडामा रहेको यस ताल मनाङ गाउँकै महत्वपूर्ण सम्पत्ति भएकोले यसको वरिपरि वृक्षरोपण गरी पहिरोबाट जोगाउनु आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

गंगापूर्ण हिमालको ग्लेसियरबाट बनेको ताल हिमपहिरोको सिकारमा दिनानुदिन पुरिँदै गएको छ । जसको संरक्षणका लागि स्थानीय तहले शुरुवात गरे पनि बजेट अभावका कारण अझै पूरा हुन सकेको छैन ।

वडाध्यक्ष सोनम गुरुङका अनुसार विकास निर्माणका लागि आएको बजेट सबै क्षेत्रमा विनियोजन गर्नुपर्ने भएकाले पनि समस्या भएको हो ।
आगामी वर्षमा पनि यस तालको संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरी अगाडि बढ्ने उहाँले बताउनुभयो । हिमपहिरोका कारण जीर्ण बनेको गंगापूर्ण ताल अबको केही वर्षमा नै संकटबाट मुक्त हुने स्थानीयवासीको आशा छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com