ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच वटा वडा दिशामुक्त क्षेत्र घोषणा भएन


bhawani desk

वीरगञ्ज, ३० असार । प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिशामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् ।

वीरगञ्ज महानगरपालिकामा गाभिएको वडा नं १९ को विन्दवासिनी, वडा नं १३ प्रसौनी बिर्ता, वडा नं २४ रामगढवा, वडा नं २५ बलुवा टोल र वडा नं २३ उदयपुरघुर्मीका चार हजार २२० घरधुरीमध्ये अधिकांश घरमा शौचालय नभएपछि सो ठाउँ दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको वीरगञ्ज महानगरपालिकाअन्तर्गत रहेको खानेपानी शाखाले जनाएको छ ।

उनन्तिस हजार ९६३ जनसंख्या रहेको ती वडामा केही घरमा शौचालय बने पनि केही घरमा शौचालय नबन्दा तथा जनप्रतिनिधिको उदासीनताका कारण हालसम्म दिसामुक्त क्षेत्र घोषणा हुन बाँकी रहेको इन्जिनियर सुनिलकुमार कर्णले राससलाई बताउनुभयो ।

एक लाख २७ हजार २२७ महिला तथा एक लाख १३ हजार ६९५ पुरुष गरी दुई लाख ४० हजार ९२२ जनसंख्या रहेको वीरगञ्ज महानगरपालिकाभित्र रहेका ३२ वडामध्ये २३ वटा वडाको घरमा शौचालय भएकाले ती वडा दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् भने वडा नं १, १५, ३० र ३१ वडा दिसामुक्त क्षेत्र घोषणाको संघारमा रहेका छन् ।

छयानब्बे प्रतिशत घरमा शौचालय भए पनि अन्य चार प्रतिशतले आफ्नो घरमा शौचालय नबनाएकाले उनीहरुलाई महानगरपालिकाबाट दिँदै आएको सुविधा कटौती गरिएको छ ।

वीरगञ्ज महानगरपालिकाभित्र २३ वटा सार्वजनिक शौचालय रहेका छन् । महानगरपालिकाले सञ्चालनमा ल्याएका दुई वटा घुम्ती शौचालय सेवा बन्द भएपछि बटुवाले सास्ती भोग्दै आइरहेका छन् ।

पाँच वटा वडा किन दिसामुक्त क्षेत्र घोषणा नभएको भनी जिज्ञासा राख्दा महानगरपालिकाका प्रमुख विजय सरावगीले ती वडामा धमाधम शौचालय निर्माण भइरहेकाले ती वडा निकट भविष्यमा दिसामुक्त क्षेत्र घोषणा गरिने बताउनुभयो ।

नगरक्षेत्रभित्र पर्याप्त मात्रामा सार्वजनिक शौचालय नहुँदा भारतलगायत अन्य ठाउँबाट आउने मानिसलाई दिसापिसाब गर्न सकस हुने गरेको गुनासो सुनिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com