पूर्व राज्यमन्त्री समेत रहेका मो.आलमको शुक्रवार साँझ ६ बजे उपचारका क्रममा काठमाडौंमा निधन भएको नेकपाले जनाएको छ ।
आलमको गंगालाल हृदय रोग केन्द्र वासकारीमामा निधन भएको थियो । आलमको निधनप्रति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओलीले दुःख व्यक्त गरेका छन् ।
ओलीले शोक वक्तव्य जारी गर्दै आलमको निधनबाट पार्टीले मुस्लिम समुदायबाट उदाएको एउटा असल नेता गुमाउनु परेको बताएका छन् ।
अन्तिम श्रद्धाञ्जलिका लागि आलमको पार्थिव शरीरलाई शनिबार बिहान ८ देखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा राखिनेछ




















प्रतिक्रिया दिनुहोस्