
रौतहट, २९ असार । रौतहट प्रहरीले बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका–२ फुलबारीकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा सोही वडाका २३ वर्षिय रेक्पा जिम्बालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको हो ।
गत मंगलबार घर नजिकैको खरियान डाँडामा गाईवस्तु चराउन गएकी एक १७ वर्षिय युवतीलाई सोही स्थानमा नुहाउदै गरेको जिम्बाले युवतीलाई बलात्कार गरेका थिए । कोही नभएको मौका छोपी बलात्कार गरेको जिम्बालाई युवतीको बयानको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोईरालाले बताए । पक्राउ परेका जिम्बा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेको र उनलाई जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गराई अनुसन्धान गरि रहेको डिएसपी कोइरालाले बताएका छन् ।



















प्रतिक्रिया दिनुहोस्