
रुकुम, २९ असार । पश्चिमको सदरमुकाम मुसिकोटमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ घाईते भएका छन् ।
सदरमुकाम सल्लेबाट खलंगातर्फ आउँदै गरेको सल्यान रुकुम यातायात समितिको ना ५ ख ६५१० नम्बरको बस दुर्घटना भएको हो ।
सडकबाट अन्दाजी ६० मिटर तल खसेको बस दुर्घटनाको कारण भने खुल्न सकेको छैन । मृतक र घाईतेहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

८ जना घाईतेहरुलाई जिल्ला अस्पताल सल्लेमा उपचारको लागि पु्¥याईएको छ भने अन्य घाईतेहरुको उद्धार भईरहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरु उद्धारको खटिएको बताइएको छ ।
गम्भीर घाइते ८ बर्षिया नबिना थापालाई नेपालगंज रेफर गरिएको छ घाइते हुनेहरुमा मुसिकोट नगरपालिका १ का चन्द्र बि.क, २३ बर्षकी देवी के.सी, बर्ष ५४ का बिष्णु बुढाथोकी,१० बर्षिया मञ्जु भण्डारी, ११ बर्षिया झरना थापा, वडा नं १३ का बर्ष २२ का बिष्णु खड्का, वडा नं १ की दिपिका बुढाथोकी, बर्ष २ का वालक जेनिष ओली, ७ बर्षिया मृता ओली, बर्ष २० की मनिणा बि.सी खड्का, बर्ष ८ का प्रबेश थापा, बाँफिकोट गाँउपालिका १० का बर्ष ४ का देवबहादुर बि.क, बर्ष ६ का जेनिष चन्द, र बर्ष २६ कि कमला चन्द रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ । अन्य घाइतेहरुलाई जिल्ला अस्पताल रुकुममा उपचार भइरहेको छ दुर्घटना को थप बिवरण आउन बाकी छ




















प्रतिक्रिया दिनुहोस्