
कपिलवस्तु,२६ असार । कपिलवस्तुको मुख्य भन्सार कार्यालय कृष्णनगरले लक्ष्य भन्दा बढी राजश्व असुल गरेका छन ।
जिल्ला भित्र रहेको सवै छोटी भन्सार कार्यलय मर्जादपुर, खुनुवा, चाकरचौडा लगायतका ४ बटै भन्सार कार्यालयबाट मिलाएर लक्ष्य भन्दा बढी असुली भएको हो ।
२०७५ असार सम्म ४ करोड १३ लाख लक्ष्य भए पनि असुली ६ करोड ९० लाख असुली भएको प्रतिशतमा १४७.४६ रहेको छ । भारतका विभिन्न ठाउंबाट सामान लिएर आएका मालबाहक गाडी कृष्णनगर भन्सार नाकामा मात्र दैनिक २ सय २० देखी २ सय ५० बढीको संख्यामा भित्रेकाले भन्सार लक्ष्य बढी पुगेको बताउनुभयो ।
.पुष्यबिक्रम खडका भन्सार प्रमुख अधिकृत, कृष्णनगर भन्सार, कपिलबस्तु
भारतका विभिन्न ठाउं हुंदै यी नाकाबाट नेपालमा खाध्यान्न, लत्ताकपडा, फलफुल, विद्युतिय सामान, क्लीकंर लगायत दैनिक २ सय बढि मालबाहक जिप, ट्क, भ्यान लगायतका मालबाहक गाडी आउने गर्दछन् । चोरी तथा भन्सार छली एक निरुत्साहित गरेकोले लक्ष्य बढेको हो ।



















प्रतिक्रिया दिनुहोस्