
काठमाडौं, २५ असार । काठमाडौं प्रहरी परिसरले ४ वटा रुबीको पत्थर विक्रीमा संलग्न भएको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ । दरबारमार्ग वृत्तबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं–२७, ज्याठाबाट जाजरकोटका पदमबहादुर थापा, अमृतबहादुर बुढा, प्रदीपकुकमार बोहरा, हुम्लाका सरोज कार्की, बाँकेका जीवन शर्मा, गोरखाका सुमन तामाङ, रुकुमका मनोज बोहरा, टोखाका राजाराम सिलवाल र डोल्पाका भीम बोहरा १ सय १० क्यारेट रुबीसहित पक्राउ परेको परिसरका डिएसपी मोहन थापाले जानकारी दिएका छन् ।
परिसर मातहतको बरामद गरिएको धातुको बजार मूल्य अन्दाजी २२ लाख रहेको प्रहरीको दाबी छ ।
पक्राउ परेका व्यक्तिहरुसहित रुबी धातुलाई थप अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइएको छ ।



















प्रतिक्रिया दिनुहोस्